बैशाख ०१, २०८१ , Khotang
विगत वर्षबाट शिक्षा लिदै नयाँ वर्षलाई उपव्धिमूलक बनाउन प्रण गर्ने दिन
हलेसीन्युजडेस्क, खोटाङ
आज विक्रम सम्वतको पात्रोअनुसार नयाँ वर्षको पहिलो दिन । विभिन्न आरोह अवरोहलाई व्यतित गर्दै आज मध्यरातबाट २०८० सालको समापनसँगै २०८१ साल प्रारम्भ भएको हो ।
हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । त्यसैले यस दिनलाई नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीले विशेष महत्वका साथ मनाउने गर्छन् ।
विक्रम संवत पात्रोअनुसार सौर्यमानक हिसाबले १ वैशाखमा नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । वि.सं. हिन्दू पञ्चांगमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।
नयाँ वर्षका अवसरमा नेपालीहरु एकापसमा सद्भाव र शुभकामना आदानप्रदान गर्दछन् । त्यसअघिको अन्तिम साँझ तथा रात साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त मनाउने गरिन्छ ।
नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।
नयाँ वर्षको अवसरमा खोटाङका विभिन्न स्थानहरुमा खेलकुद, शुभकामना आदान प्रदान कार्यक्रम, पिकनिक लगायत विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
सामुदायिक रेडियो हलेसी एफएम यो अवसरमा सम्पूर्ण श्रोता महानुभावहरुका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
[ सम्झनामा एक वर्ष अगाडि--नयाँ दशकको ढोका खोल्दै नववर्ष २०८० को शुभआगमन }
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान