जेठ ०९, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा घरेलु हिंसा तथा लैङ्गिक हिंसाका घटनाहरु वढी पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय खोटाङ र जिल्ला प्रहरी कार्यालय खोटाङको तथ्यांक अनुसार खोटाङ जिल्लामा घरेलु हिंसा तथा लैङ्गिक हिंसाका घटनाहरु तुलनात्मक रुपमा वढी पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको तथ्यांक अनुसार चालू आर्थिक बर्ष २०८०/८१ मा ४० वटा विभिन्न हिंसाका घटना दर्ता भएको छ । जसमध्ये घरेलु हिंसा २० वटा, वाल हिंसा २ वटा, जेष्ठ नागरिकमाथि गरिएको हिंसा ३ वटा र महिला हिंसा १५ वटा रहेको छ । सबैभन्दा बढी पति-पत्निवीच भएका घरेलु झगडाका घटनाहरु हुने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक वेनु कार्कीले जानकारी दिनुभएको छ ।
हाल घरेलु हिंसा २० वटा दर्ता भएकोमा सबैै फर्छ्योट भैसकेको, वाल हिंसा २ मध्ये १ फर्छ्योट भएर एउटा प्रकृयामा रहेको, जेष्ठ नागरिकमाथि भएकोे हिंसा ३ मध्ये २ फर्छ्योट र एउटा प्रकृयामा रहेको जनाइएको छ । यस्तै महिला हिंसा १५ मध्ये सबै नै फर्छ्योट भइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङमा पनि यस्ता मानव अधिकारसँग सम्बन्धित घटनाहरु दर्ता हुने गरेको छ । मानव अधिकार आयोग, कोशीप्रदेश कार्यालय, खोटाङको कार्य क्षेत्र खोटाङ, ओखलढुंगा र सोलुखुम्वु पर्ने भएकोले यी तिनै जिल्लामा घट्ने महिला हिंसा, जातीय विभेदका घटना लगायत अन्य मानव अधिकार कुण्ठित हुने उजुरीहरु आयोगको कार्यालयमा पनि दर्ता हुने गरेको छ । हालसम्म खोटाङमा घटेका महिला हिंसाका घटना २ वटा आयोगको कार्यलयमा दर्ता भएको जनाइएको छ ।
यस्तै ओखलढुंगामा घटेको छुवाछुतको घटना २ वटा उजुरी परेको कार्यालय प्रमुख गीताकुमारी दाहालले बताउनु भयो । आर्थिक हैसियत र उमेर समान नहुँदा परिवारमा बेमेलदेखि हिंसासम्म निम्तिने गरेको उहाँले बताउनु भयो ।
यस्तै खोटाङ जिल्लाका दश स्थानीय तहहरुमध्ये हामीलाई जानकारी गराइए अनुसार हलेसी तुवाचुङ नगरपालिकामा सामजिक बहिष्करणको घटना १ वटा, पति पत्निवीच घरेल झगडाका घटना २ वटा, लेन देनको घटना २ वटा र सडकको बिषयको घटना १ वटा नगरपालिकास्थित न्यायिक समितिमा उजुरी परेको न्यायिक समितिका संयोजक एबं नगर उपप्रमुख रमेशकुमार राउतले बताउनु भयो । जसमा लेनदेनको घटनामा सहमति भएर छोडिएको छ भने पति पत्निवीचको घटना पालिकामा मिल्न नसकेको उहाँले बताउनुभयो ।
यस्तै ऐसेलुखर्क गाउँपालिकामा चालू आर्थिक बर्षमा ८ वटा उजुरी परेको न्यायिक समितिका उजुरी प्रशासक रामकाजी नेपालले बताउनुभयो । जसमध्ये लैङ्गिक हिंसा अन्तर्गत २ मध्ये १ को फर्छ्योट, लेनदेन घटना ४ मध्ये १ को फर्छ्योट र पति पत्निवीच घरेलु झगडा २ घटनामा २ कै फर्छ्योट भएको बतार्ईएको छ । प्रशासक रामकाजी नेपालका अनुसार लैङ्गिक हिंसा घरभित्र र सार्वजनिक स्थल गरी दुवै स्थानमा घट्ने गरेको पाइन्छ । प्रायःजसो लैङ्गिक हिंसाका घटनाहरु घरमै घटाइने गरेको पाइने उहाँले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान