मंसिर २०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङ चुर्ईचुम्मा गाउँपालिका वडा नं.१ याम्खामा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । वडा नं.१ याम्खाका वडाध्यक्ष केशव कुमार खत्रीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष अरुण थापा मगरको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति खोटाङका सदस्य कला राईको विशिष्ठ आतिथ्यतामा याम्खा स्वास्थ्य चौकीले आज २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विविध कार्यक्रमका साथ मनाएको हो ।
स्वास्थ्य चौकी याम्खाका सिनियर अहेव सौजन रार्ईका अनुसार ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ भएको २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा ‘गाउँ/नगरमा महिला स्वस्थ्य स्वयंसेविकाको स्वस्थ्य प्रवर्द्धनमा अहं भुमिका ’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
वक्तृत्वकला प्रतियोगितामा बबिना खत्री प्रथम, कमला राई द्धितिय, गंगा मगर तृतिय र नैना कुमारी खत्री सान्त्वना हुनुभएको छ । उहाँहरु सबैलाई नगद पुरस्कारका साथमा प्रमाण पत्र प्रदान गरिएको छ ।
सरकारले हरेक वडामा कम्तिमा एक जना महिला स्वास्थ्य स्वयं सेविकाको व्यवस्था गरेको छ । स्वयंसेविकाहरुले परिवार नियोजन बारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।
विशेषतः मातृ, नवजात शिशु तथा वाल स्वास्थ्य उपचार, प्रजनन स्वास्थ्य, परिवार नियोजन विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफल मार्फत जनस्वास्थ्य सम्बन्धि सूचना तथा सेवाहरुको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमि ल्याउन महिला स्वयंसेविकाहरुकोे महत्वपूण भूमिका रहन्छ । वर्ष दिनभरि यिनै काम सम्पादन गरेवापत स्वास्थ्य चौकी याम्खाले स्वास्थ्य स्वयंसेविकाहरु रन्जना गुरागाँई, सरस्वती राई र नैना कुमारी खत्रीलाई उत्कृष्ट स्वयंसेविका घोषित गरी कदर पत्र प्रदान गरिएको सिनियर अहेब रार्ईले बताउनु भयो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान