चैत्र ०२, २०७९ , Biratnagar
विराटनगरबाट /
हलेसीन्युजडेस्क, खोटाङ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) कोशी प्रदेशको पहिलो साधारण सभा तथा प्रदेश भेला ७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न साधारण सभाले सामुदायिक रेडियोको दिगोपनाका लागि प्रसारकहरू एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
रेडियोको दिगोपना र क्षमता विकासका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने, प्रदेश सरकारलाई लोक कल्याणकारी विज्ञापनको नीति ल्याउन र सामुदायिक रेडियोलाई उपलब्ध गराउने सहयोगलाई निरन्तरता दिन माग गर्ने, समुदायको आवाजका रूपमा सामुदायिक रेडियोलाई विकास गर्ने, रेडियो नवीकरणलाई सम्बन्धित जिल्लामा नै नवीकरण गर्ने व्यवस्था मिलाउन सरकार समक्ष अनुरोध गर्ने, प्रादेशिक सामुदायिक प्रसारणको अवधारणा ल्याउने र त्यो प्रसारणमा सबै सामुदायिक रेडियो समेट्ने लगायतका विषय विराटनगर घोषणापत्रमा समेटिएको अकोरावका प्रदेश सचिव पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले राज्यले सामुदायिक रेडियोलाई विभेदपूर्ण व्यवहार गर्न नहुने बताउनुभयो । तीनै तहका सरकारले सामुदायिक रेडियो सञ्चालनमा सहयोग गर्नुको सट्टा नियमन गर्ने नीति ल्याउने जमर्को गरेको भन्दै रेडियो सञ्चालकहरूले त्यसका विरुद्ध आवाज उठाउनुपर्ने अध्यक्ष गिरीले बताउनुभयो । अकोरावले रेडियोका समस्या समाधानका लागि नीतिगत पहल गरिरहेको उहाँको भनाई थियो ।
सङ्घ कोशी प्रदेशका अध्यक्ष विदुर खवासले प्रदेश सरकारसँगको सहकार्यमा रेडियोकर्मी र रेडियोमा कार्यरत प्राविधिकहरूको क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो ।
कार्यक्रम सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, केन्द्रीय उपाध्यक्ष तथा नेपाल सरकार विज्ञापन वोर्डका सदस्य बन्दना दनुवार, पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लिलावल्लभ घिमिरे, पत्रकार महासङ्घ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेल , विज्ञापन वर्डका सदस्य पवन अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा कोशी प्रदेश भरका सामुदायिक रेडियोका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान