पौष २५, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ मा रहेको एकता स्वास्थ्य आमा समूहले नवजात शिसु र सुत्केरी आमालाई भेटी पोषणयक्त खाध्य सामाग्री कोशेली स्वरुप प्रदान गर्दै मातृ स्वास्थ्य सचेतना अभियानलाई निरन्तरता दिदै आएको छ । यही क्रममा आमा समूहले पौष २४ गते वडा नं. १ डाँडाछापका हरि खडका र मेनुका खड्का दम्पतिको दोस्रो सन्तानका रुपमा छोरी जन्मेको अवसरमा सुत्केरी भेट कार्यक्रम गरेको छ ।
सरसफाई, खोप, पोषण, फोलिक एसिडको प्रयोग सम्बन्धि मुख्य शन्देश प्रबाह गर्ने उद्धेश्यले सुत्केरी भेट गरिएको समूहकी सचिब स्वयंसेवका दुर्गा कार्कीले हलेसी एफएमलाई जानकारी दिनुभयो ।
आमा समूहकी अध्यक्ष मीनादेवी पान्डेको अध्यक्षता र कालिका वडा स्तरीय महिला समूहकी अध्यक्ष गिता थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ४५ जना समुहका सदस्य एबं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
आमा समूहको उद्देश्य अनुरुपका विषयहरुमा कालिका वडास्तरिय महिला समुहकी अध्यक्ष एबं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दिक्तेलकी स्वयंसेवी गिता थापाले सचेतना कक्षा सहजिकरण गर्नु भएको थियो ।
सुत्केरी भेट्को क्रममा आमा समूुहमा आबद्द पदाधिकारी तथा सदस्यहरु अर्गानिक घरमा उत्पादन भएको पोषणयुक्त खाध्य सामाग्रीहरुका अलावा बच्चालाई न्यानो कपडाको कोशेली सहित भेट्न गएका थिए ।
बिगत २ बर्ष देखि भेट्घाटको कार्य शुरु गरेको समूहले २७ जनालाई सुत्केरी भेट गरिसकेको अध्यक्ष मीना देवी पान्डेले बताउनु भयो ।
भेटघाटकै क्रममा आमा समूहका टोली र परिवारका सदस्यहरुले सुत्केरी आमाको खुशी र सन्तुष्टिका लागि चेतनामूलक गीत गाउँदै नाँचगान र खुशियाली बाँडेका थिए ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान