असार ०३, २०८० , Rawabesi Rum
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको रावाबेसी गाउपालिका वडा नं.४ डुम्रे धारापानीले चालु आर्थिक बर्ष २०७९/८० को योजनाका सम्बन्धमा सार्वजनिक सुनुवार्ई गरेको छ । डुम्रेधारापानीले यस वडाभित्र चालु आर्थिक बर्षमा सघं, प्रदेश र पालिकाबाट विनियोजित वजेटबाट सञ्चालित योजनाहरुको वारेमा शनिवार सार्वजनिक सुनवाइ गरेको हो ।
यस आवमा वडा नं. ४ डुम्रेधारापानीमा सघं, प्रदेश,पालिका र वडाका गरी कुल २ करोड २५ लाख ८ हजार ३७ रुपैया बजेटबाट विविध योजनाहरु सञ्चालनमा आएकोे वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले हलेसी एफएमलाई जानकारी दिनु भएको छ । यस वडामा साना ठूला गरी करिब ४७ वटा योजना सञ्चालन भएको वडाध्यक्ष पाण्डेले जानकारी दिनु भयो ।
शनिवारको सार्वजनिक सुनुवार्ई कार्यक्रममा आर्थिक बर्ष २०८०/८१ का लागि डुम्रेधारापानीमा के कस्ता योजना र कार्यक्रम सञ्चालन गर्न सकिन्छ भनेर नयाँ बजेटको लागि समेत सुझाब संकलन थालिएको वडाध्यक्ष पाण्डेले बताउनु भयो । सुझाब संकलन गर्ने क्रममा स्थानीय बासिन्दाहरुले व्यवसायिक एवं आधुनिक कृषि खेतिका लागि सहयोग पुग्ने कार्यक्रममा जोड दिएका थिए ।
त्यस्तै क्षेत्र, भुगोल अनुसारको सन्तुलित बजेट विनियोजन गर्नु पर्ने , खानेपानीलार्ई मध्यनजर गरी खानेपानीको पहुँच सम्पूर्ण वडाका जनता माझ पुर्याउनु पर्ने , सामुदायिक विध्युत वितरण केन्द्रलार्ई केन्द्रीय प्रशारणमा लैजानु पर्ने, कटहरे खोपखर्क देउराली, धारापानी, भोर्लेनी, खार्पाटार सडक १२ महिना नै सञ्चालन हुनुपर्ने, लक्षित वर्गका कार्यक्रमहरु समावेश गर्नुपर्ने, पशु स्वास्थ्य स्याहार सम्बन्धि थप प्याकेज कार्यक्रम ल्याउनु पर्ने, शिक्षा सुधार र स्वास्थ्यको पहुँचमा ध्यान दिनु पर्ने जस्ता सुझावहरु संकलन भएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले जानकारी दिनु भएको हो ।
सार्वजानिक सुनुवाई कार्यक्रममा विभिन्न सघं संस्थाका पदाधिकारी, विभिन्न उपभोक्ता समितिका पदाधिकारी सदस्यहरु, शिक्षक, बुद्धिजिवि राजनीतिक दलका प्रतिनिधि, वडाका जनप्रतिनिधिहरु एवं स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान