जेठ ३२, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको जिल्ला जुनियर तथा युवा रेडक्रस समितिको आयोजना तथा चम्पावती माध्यामिक विद्यालय वुइपाको व्यवस्थापनमा १८ औँ जिल्ला स्तरीय जुनियर युवा गोष्ठी सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ वुइपाको वडा कार्यालयस्थित सभाहलमा २४ विद्यालयहरुको सकृय सहभागितासहित जेष्ठ ३० र ३१ गते दुई दिने आवाशीय गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीको उद्घाटन सत्र युवा रेडक्रस सर्कल चम्पावती मावि वुइपाका अध्यक्ष.जीवन रम्तेलको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखा कोषाध्यक्ष एवं जिल्ला जुनियर युवा जिल्ला समिति संयोजक लिलाबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
२४ विध्यालयका संरक्षक, शिक्षक नायक, सह शिक्षक नायक, विद्यार्थी, रेडक्रस जिल्ला कार्य समिति, जिल्ला जुनियर तथा युवा समिति, कर्मचारी गरी १५० जनाको सहभागिता रहेको सो गोष्ठीमा शैक्षिक सत्र २०८० मा तयार गरिएको घोषणा पत्र र कार्ययोजना अनुसार सर्कलले सम्पन्न गरेका गतिविधिको मूल्यांकनका आधारमा उत्कृष्ट सर्कल छनौट गरिएको थियो । जस अनुसार जुनियर रेडक्रस सर्कल सुर्केडाँडा आधारभूत विध्यालय प्रथम भएको छ । योसँगै सुर्केडाँडा आधारभूत विध्यालयअन्तर्गत जुनियर रेडक्रस सर्कलले लगातार आठौ पटक प्रथम स्थान प्राप्त गर्न सफल भएको नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखा कोषाध्यक्ष एवं जिल्ला जुनियर युवा जिल्ला समिति संयोजक खत्रीले हलेसी एफएमलाई बताउनुभयोे ।
यसै गरी युवा रेडक्रस सर्कल सप्तकञ्या मा वि चिप्रीङ द्धितिय र युवा रेडक्रस सर्कल चम्पावती मा वि विजयखर्कले तृतिय स्थान प्राप्त गरेको थाहा भएको छ । प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने सर्कलहरुका लागि क्रमश रु ५ हजार, रु.३ हजार र रु.२००० नगद पुरस्कारका साथै रनिङकप र प्रमाणपत्र प्रदान गरिएको छ ।
दुई दिने गोष्ठीले वुइपा घोषणापत्र—२०८१ र सो सँग सम्बन्धित कार्ययोजना जारि गरेको छ । गोष्ठी सन्चालनको क्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय जुनियर युवा विभागका निर्देशक धर्मदत्त विडारीले रेडक्रस अभियान, विभागकै अधिकृत सुमिरा न्यौपानेले जुनियर तथा युवा रेडक्रस कार्यविधि वारेमा कक्षा सहजिकरण गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरिक्षक प्रकाशचन्द्र अधिकारीले साइवर अपरााध सचेतना कक्षा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापनसत्र नेपाल रेडक्रस सोसाइटी जिल्ला जुनियर युवा समिति संयोजक लिला वहादुर खत्रीको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय जुनियर /यूवा विभागका निर्देशक धर्मदत्त विडारीको विषेश आतिथ्यतामा सम्पन्न भएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान