बैशाख २१, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा बालमैत्री कक्ष (डेस्क) स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी खोटाङ जिल्ला शाखाद्वारा क्यानेडियन रेडक्रसको आर्थिक सहयोगमा संचालित समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रमको सहयोगमा बैशाख १६ गते ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा बालमैत्री कक्ष स्थापना गरिएको हो ।
वालवालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिदै उनीहरुको स्वास्थ्य सेवामा थप गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुर्याउने ध्येयले स्वास्थ्य चौकीमा वालमैत्री कक्ष स्थापना गरिएको रेडक्रस शाखाले जनाएको छ । कतिपय वालवालिका स्वास्थ्य संस्था जान नमान्ने, सेवाग्राही बच्चा लिएर जादा सेवा लिन असहज हुने र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुको पनि सानानानी बाबु हुँदा सेवा लिदा र प्रदान गर्दा कठिनाई हुने हुँदा बालबालिकलाई उक्त कक्षमा राखेर सेवा लिन÷दिन सहज हुनुका साथै यसबाट स्वास्थ्य सेवा थप प्रभावकारी हुने रेडक्रसले जनाएको छ ।
समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा सञ्चालन भइरहेको छ । आफ्नो कार्यक्षेत्रमा एक/एक ओटा स्वास्थ्य संस्थामा नमूना बालमैत्री कक्ष स्थापना गर्ने उद्धेश्य बमोजिम यहाँ बालमैत्री कक्षको स्थापना गरिएको रेडक्रसले जनाएको छ । यस अगाडि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ निर्मलीडाँडा स्वास्थ्य चौकीमा पनि बालमैत्री कक्ष स्थापना गरिसकेको छ ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका उपनिर्देशक शिवराम गौतमले प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. स्वेता श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख सचिन श्रेष्ठलाई एक कार्यक्रमका बिच वाल मैत्री सामग्री हस्तान्तरण गर्नुभएका थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य केन्द्रका प्रमुख डा. श्रेष्ठले रेडक्रसले प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग गरिरहेको र बालमैत्री कक्ष स्थापनाको लागि पनि सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै उक्त सामाग्रीहरुको सही सदुपयोग र संरक्षण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै उपनिर्देशक गौतमले बालमैत्री सामग्रीको सदुपयोग हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो ।
यसका साथै रेडक्रसले ऐसेलुखर्कको सात वटै स्वास्थ्य संस्थाहरुलाई एक एक वटा स्टेचर उपलब्ध गराउन सात वटा स्टेचर स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको जनाइएको छ ।
[ यो पनि-रेडक्रसको सहयोगमा निर्मलीडाँडामा वालमैत्री कक्षको स्थापना }
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान