असार १५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
फेरि आयो–असार १५, धान दिवस / आम किसानहरु दहि चिउरा खाँदै असारे गीत गाउँदै खेतमा हिलोसँग खेल्दै, वर्षदिन भरिका लागि जोहो गर्न -यो वर्षको असार १५ हिलाम्मे खेतमा मनाउदैछन् -धान रोपाईको महत्वपूर्ण पर्व । यो वर्ष किसानहरुले चाँडै मनसुनको स्वागत गर्न पाएका छन् । तर पनि राष्ट्रिय आँकडा अनुसार करिब ३३ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेकोले गत वर्ष असार १० सम्म २ लाख ४६ हजार हेक्टरमा रोपाइँ भएकोमा यसपालि असार १३ सम्म १ लाख ६६ हजार हेक्टरमा मात्रै रोपाइ भएको तथ्य सार्वजनिक भएकोछ ।
अगाडिका वर्षहरुमा मल, बीउ, सिँचाइ अभाव त थियो नै, यसपालि ‘लम्पी स्किन’ रोगले किसान थप मर्कामा परेका छन् । यो रोगले गोरुसहित ६ लाख ८२ हजार चौपाया संक्रमित भए भने २५ हजार मरे, जसका कारण धान खेती प्रभावित बनेको छ ।
खोटाङमा अहिलेसम्म १४ प्रतिशत धान रोपिएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । यिनै परिवेशमा किसानहरु असार १५ मनाउदैछन् ।
खोटाङ जिल्लाका स्थानीय सरकारहरुले पनि आ आफ्ना पालिकाहरुमा राष्ट्रिय धान दिवस मनाइरहेको छ । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १ दिक्तेलको.आचार्य गाउँछेउ धान रोप्दै सरस्वती माध्यामिक विध्यालयका शिक्षक , विध्यार्थी, अभिभावक र स्थानीय किसान दाजुभाई दिदीबहिनीहरु जुटेर हर्ष र खुशी साटासाट गर्दै राष्ट्रिय धान दिवस मनाइरहेका छन् ।
दिप्रुङचुइचुम्मा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीय किसानहरु जुटेर आज याङसोलाटारमा धान रोप्दै असार १५ अर्थात धान दिवस मनाइरहेका छन् ।
यसो त आज देशै भरि २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव पनि मनाइदैछ । नेपाल सरकार अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव–२०८० को मूल नारा तय गरेकोछ —‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादन वृद्धि’ ।
‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ ।
धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ ।
कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको हो । प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको हुँदा यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक लगायत महत्व रहेको छ । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो । धानको यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको हो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !