आश्विन २६, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा समाजवादी मोर्चा संयोजन समितिको घोषणा गरिएको छ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष पीके खम्बुको संंयोजकत्वमा शुक्रवार समाजवादी मोर्चा नेपाल घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा ‘सन्देश सभा’ लेखिएको व्यानर वीच कार्यक्रममा जसपाका केन्द्रिय कार्यकारिणी सदस्य रकम चेम्जोङले समाजवादी मोर्चा नेपालको संयोजन समितिको घोषणा गर्नुभयो । आज घोषित संयोजन समिति सदस्यहरुमा नेकपा माओवादी केन्द्रबाट दिपक पाण्डे ‘आकाश’ र जीवन राई ‘संगिन’, नेकपा एकिकृत समाजवादीबाट जलसेर राई र दधि श्रेष्ठ, जनता समाजवादीबाट पीके खम्वु र निर्मल राई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट सञ्जिव मगर ‘सि’ र सुदिप खत्री ‘सि’ चयन हुनुभएको छ ।
मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरुको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न सचिवालय बनाइने जनाइएको छ ।
हरेक ६/६ महिनामा मोर्चाको नेतृत्व परिवर्तन गरिने सहमति अनुसार पहिलो पटकको नेतृत्व जसपाका खम्बुले सम्हाल्नु हुनेभएको हो ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि चेम्जोङ, नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टंक राई, नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य तथा प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्रि राजन राई, नेकपा विप्लव समूहका केन्द्रिय सदस्य चन्द्र बुढाथोकी ‘शैलेस सी’ लगायतले संवोधन गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान