फागुन २२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको सदरमुकाम दिक्तेलबजारमा विक्रम सम्वत २०३७ सालमा स्थापना भएको सबैभन्दा पुरानो दिक्तेल बहुमुखी क्याम्पसले लामो प्रयासपछि विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । क्युएए प्राप्त गरेपछि क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षतामा मंगलबार बिहान एक कार्यक्रम गरी क्याम्पसलाई क्युएए प्राप्त गर्नमा प्रत्यक्ष/परोक्षतः सहयोग गर्ने सरोकारवालाहरुलाई धन्यवाद प्रदान गर्दै एकापसमा खुशी आदान प्रदान गरिएको छ ।


क्युएए प्राप्तिको लागि २०७१ सालदेखि नै प्रयास शुरु गरिएको र लगातारको प्रयत्नपछि विश्वविद्यालय अनुदान आयोगको बोर्डले २०८० पुष १९ गते क्याम्पसलाई क्युएए दिने निर्णय गरेको क्याम्पस प्रमुख हिराकुमार राईले जानकारी गराउनुभयो । उहाँले थप्नुभयो-‘औपचारिक रुपमा बोर्डले माघ १२ गते काठमाण्डौमा भएको विशेष समारोहमा क्याम्पसलाई बोलाएर युएएको प्रमाणपत्र प्रदान गरेको हो ।’
क्युएए प्राप्तिपछि अब विश्वविद्यालयबाट सञ्चालन हुने विभिन्न कार्यक्रममा क्याम्पसलाई सहभागिताको अवसर मिल्ने, कार्यसम्पदानका आधारमा अनुदानको स्तर बढ्ने, क्याम्पसको भौतिक संरचनाको थप विकास हुने र विद्यार्थीले प्राप्त गर्नुपर्ने सेवासुविधाहरु विस्तार भए जानेछ । क्युएए पाँच वर्षका लागि मान्यता हुनेछ ।
‘क्युएए प्राप्तिसँगै दिक्तेल बहुमुखी क्याम्पसले प्रतिस्पर्धाको युगमा आफूलाई सवल र सक्षम शैक्षिक सस्थाको रुपमा उभ्याउन सफल बनेको छ ।’—क्याम्पस प्रमुख राईको भनाई थियो ।
क्याम्पसकै कार्यक्रमहलमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, भूपू विधार्थीहरुको उपस्थिति रहेको थियो ।
यातायातको सञ्जालले जिल्लालाई नजोडेको समयमा जिल्ला भित्रका विध्यार्थीहरु मात्र होइन छिमेकी जिल्लाका विध्यार्थीहरु समेत माध्यामिक तहको शिक्षा उतिर्ण सँगै दिक्तेल बहुमुखी क्याम्पसमा उच्च शिक्षा आर्जन गरी आफ्नो शैक्षिक क्यारियर बनाउने गर्दथे । हाल पनि यो क्याम्पसमा विध्यार्थीहरुको उल्लेखनीय चाप रहने गरेको छ ।
क्याम्पसमा स्थायी ११ जना, अस्थायी दुईजना, करार सातजना, आंशिक सेवामा छ जना गरी २६ जना शिक्षक तथा स्थायी र अस्थायी चार–चारजना कर्मचारी कार्यरत छन् ।
हलेसीन्युजडेस्क,खोटाङ । जेष्ठ ३१, शनिवार / महुली लघुवित्त वित्तीय संस्था...
हलेसीन्युजडेस्क,खोटाङ/ जेठ २५, सोमवार । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४...
हलेसीन्युजडेस्क, खोटाङ / जेष्ठ १६, शनिवार । नेपाली कांग्रेसले देशव्यापि...
“योगश्चित्तवृत्तिनिरोधः”(योगसूत्र) अर्थात् योग भनेको चित्तका चञ्चल वृत्तिहरूलाई रोक्नु हो ।...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख २१, सोमवार /सुनसरीको तरहरामा आयोजित दोस्रो...
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान