चैत्र १०, २०७९ , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क,खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानहरुको अध्ययन-अनुगमन गरिएको छ । नगरपालिकाको प्रशिद्ध धार्मिक स्थल मझुवाकालिका तथा ऐतिहासिक मझुवागढीलाई आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षित गराउन थप के के गर्न सकिन्छ भनेर विहीवार अध्ययन-अनुगमन गरिएको जनाइएको छ ।
नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा जापानमा प्राध्यापन गरिरहनुभएका डा.आस्था प्रभा तुलाधर, प्राज्ञ एवं कलाकार धनु याक्खा, समाजसेवी ज्योतिरत्न तुलाधरको एक टोलि विहीवार मझुवाकालिका देविस्थान, ऐतिहासिक मझुवागढी, वडा नं. ५ वडा कार्यालय, लफ्याङ वासवोटेस्थित श्री मावि वाँसवोटेमा पुगेर त्यहाँको अवस्थाका वारेमा जानकारी लिनुभयो ।
मझुवाकालिका देविस्थान र मझुवागढीका वारेमा डा. आस्था प्रभा तुलाधरको टोलिलाई नगरपालिकाका तर्फबाट विविध जानकारी गराइएको थियो । गत वर्षदेखि शुरु गरिएको फूलको पहाडका वारेमा कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख तेजप्रसाद जैशीले अवगत गराँउदै यो आव मा पनि यसको प्रवर्द्धनमा नगरपालिका र सरोकारवाला संघ संस्था तथा कार्यालय लागिरहेकोे जानकारी गराउनुभयो । डा. तुलाधरले जापानमा पनि फूलको विशिष्ट महत्व रहेको र त्यहाँका नागरिकहरुले वर्षभरि हरेक दिन कुनै न कुनै फूलसँग आफ्नो सम्बन्ध रहेको ठान्ने बताउनुभयो । मझुवा देविस्थान र गढीलाई यहाँको पुरातात्विक तथा धार्मिक एवं पर्यटकीय गरिमा वढ्ने गरी विभिन्न प्रजातीका वाह्रैमास शौन्दर्य बढाउने फूलका वोट रोप्ने अभियान विशिष्ट काम रहेको बताउनुभयो । आफूले पनि यस कार्यमा आफू जहाँ रहे पनि सहयोग गर्ने उहाँको प्रतिवद्धता रह्यो ।

अनुगमनका क्रममा गत वर्ष रोपिएका विभिन्न प्रजातिका फूलका विरुवाहरुले संरक्षण पाइरहेको र नयाँ पात र मुजुराहरु पलाईरहेको देखिन्थ्यो । प्राज्ञ धनु याक्खाले यहाँको शौन्दर्यलाई फोटाग्राफीबाट उतारेर नगरपालिकासँगको सहकार्यमा चाँडै वृहत प्रदर्शनी गरेर सबैको ध्यानाकर्षण गराउने सोँच रहेको बताउनुभयो ।
वडा नं. ५ वडा कार्यालय लफ्याङमा टोलि पुग्दा अध्यक्ष दिनेश घिमिरे, वडा सदस्यहरु, स्वस्थ्यकर्मी, वडाका कर्मचारीहरु लगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो । वडाध्यक्ष घिमिरेले सो अवसरमा वडाका गतिविधिका वारेमा संक्षिप्त जानकारी गराउनुभयो ।

वडा कार्यालयबाट नगरप्रमुख भट्टराई लगायत टोलि श्री मावि वाँसवोटे पुगेको थियो । श्री मा वि वाँसवोटेका शिक्षक विध्यार्थीहरुबाट स्वागत गरिसकेपछि शिक्षक रविन सुनवारले औपचारिक कार्यक्रम प्रारम्भ गनुृभयो । प्र.अ. जसराज किरातीले टोलिलाई स्वागत मन्तव्य प्रदान गर्दै विध्यालयका शैक्षिक अवस्थाको वारेमा अवगत गराउनुभयो । कार्यक्रमको समापन पछि अतिथिहरुलाई स्थानीय खाजानास्ताका रुपमा भुटेको मकैभटमास र स्वादिष्ट मोहीको स्वाद चखाइएको थियो । टोलि त्यहाँबाट विदा हुनु अगाडि पुस्तकालयको अवलोकन गराइएको थियो । प्र.अ. जसराज किरातीले विध्यालयमा रहेको पुस्तकालयमा १०० थान पुस्तक प्रदान गर्ने व्यक्तिको तस्विर पुस्तकालय कक्षमा राखिने व्यवस्थावारे जानकारी गराउनुभयो । हालसम्म ववि चाम्लिङ, जसराज किराती, चुडामणी घिमिरे, रविन सुनवार, ज्ञानेन्द्र कुमार राई, गोपाल श्रेष्ठ, कञ्चन आचार्य, पाण्डव राईले यसरी पुस्तक प्रदान गरिसक्नु भएको उहाँले जानकारी गराउनुभयो । त्यस्तै विध्यालयका शिक्षक, अध्ययनरत विध्यार्थी वा विध्यालयसँग सम्बद्ध व्यक्तिहरुको जन्म दिनका अवसरमा एक थान पुस्तक विध्यालयलाई प्रदान गर्ने र विध्यालय परिवारले जन्मदिनका अवसरमा शुभकामना प्रदान गर्ने परिपाटी रहेको जानकारी गराईदा वातावरणमा खुशी छाएको थियो । विहिवार कक्षा १२ मा अध्ययनरत विध्यार्थी कल्पना श्रेष्ठको जन्मदिन परेको थियो । उहाँले .नेपाली राष्ट्रियता पुस्तक विध्यालयलाई प्रदान गर्नुभयो । उपस्थित सबैले ताली वजाएर शुभकामना प्रदान गर्दै उहाँको जन्मदिन मनाइयो ।

सोही अवसरमा रष्ट्रिय सेवा दलसँग आवद्ध ३६ जना विध्यार्थीहरुले राष्ट्रभक्ति झल्किने गीतमा कलात्मक नृत्य प्रस्तुत गरेर सबैलाई रौमाञ्चित बनाएका थिए ।

नगरप्रमुख भट्टराई नेतृत्वको विहीवारे अध्ययन-अनुगमन टोलिमा डा.आस्था प्रभा तुलाधरका साथ प्राज्ञ धनु याक्खा, समाजसेवी ज्योतिरत्न तुलाधर, पूर्व जिविस सभापति तथा खोटाङ कांग्रेसका सभापति विष्णुकुमार राई, कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि डा.राजकुमार राई, राष्ट्रिय भूमि आयोग जिल्ला समिति विज्ञ सदस्य ध्यानबहादुर राई, जिल्ला समन्वय समिति सदस्य दुर्गाप्रसाद घिमिरे, वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे, वडा नं. १ का वडाध्यक्ष नवराज राई, सामाजिक शैक्षिक अभियन्ता सूर्यबहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई, नेपाल नेत्रज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजु ,देविस्थान सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष प्रेम कटवाल, स्थानीय समाजसेवी जयनारायण कटवाल लगायत हुनुहुन्थ्यो ।

हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान