चैत्र १६, २०७९ , Diktelrupakotmajhuwagadi
चैत्र २४ गतेका दिन १० वटै पालिकाहरुका स्वास्थ्य संस्थाहरुबाट एक दिन खोप अभियान सञ्चालन गरी ५५ वर्ष माथिका नागरिकहरु, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, तथा १२ वर्ष माथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई वुष्टर डोज खोप प्रदान गरिनेछ ।
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि तयारी गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक सनबहादुर राईको अध्यक्षतामा आज बसेको जिल्ला खोप समन्वय समितिको बैठकले खोटाङ जिल्लाका १० वटै पालिकाहरुबाट पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ (तेश्रो संस्करण २०७७) बमोजिमका प्रकृया पूरा गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा सभा गरिसकेपछि जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा गर्ने निर्णय भएको हो ।
जिल्लास्तरीय घोषणा सभा गर्नु अगाडि पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार प्रकृया पूरा गरेका पालिकाहरुमा १६ महिना देखि ५९ महिना सम्मका सबै वालवालिकाहरुले १५ महिनाभित्र पूरा गर्नुपर्ने सम्पूर्ण खोप पूरा गरे नगरेको तथा पालिकाद्धारा गरिएको घरधूरि सर्भेक्षण कार्यको स्वास्थ्य कार्यालय खोटाङले प्रमाणिकरण गर्नुपर्नेछ ।पालिकाहरुले पालिकास्तरीय पूर्ण खोप सुनिश्चितताका मापदण्ड पूरा गरेपछि औपचारिक घोषणाका लागि पूर्ण खोप समन्वय समितिका संयोजकसँग समन्वय गरी स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्नेछ ।
आजको बैठकले पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्बन्धि घरधूरि सर्भेक्षण कार्य तथा वालवालिकाहरुलाई खोज र खोप कार्य सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने स्थानीय तहका प्रमुख उपप्रमुख, वडाध्यक्षहरु ता अन्य जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, महिला स्वस्थ्य स्वयंसेविकाहलाई समितिबाट प्रसंसा गर्दै धन्यवाद दिइएको छ ।
त्यसैगरी बैठकबाट कुनै कारणले खोप लगाउन छुटेका वालवालिकाहरुका लागि पूर्ण खोप दिलाई पूर्ण खोप सुनिश्चितताका लागि आम सञ्चार माध्यमहरुलाई प्रचार प्रसारका लागि अनुरोध गर्ने निर्णय भएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय प्रमुख पूण्य प्रसाद सिग्देलले जानकारी गराउनुभयो ।
यसैगरी आजै जिल्ला कोभिड १९ समन्वय समितिको बैठकले कोभिड १९ को नयाँ भेरियन्टका पोजिटिव लक्षण फाट्ट फुट्ट देखिन थालेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन र यसका लागि सघन प्रचार प्रसार गर्दै सबैले उच्च सावधानीका लागि सचेतना फैलाउने निर्णय भएको छ । कोभिड १९ समन्वय समितिका संयोजक एवं खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईको अध्यक्षतामा बसेको बैठकले आज त्यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकबाट हालसालै प्राप्त ६००० डोज फाइजर वायोटेक खोप आगामी चैत्र २४ गतेका दिन १० वटै पालिकाहरुका स्वास्थ्य संस्थाहरुबाट एक दिन खोप अभियान सञ्चालन गरी ५५ वर्ष माथिका नागरिकहरु, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, तथा १२ वर्ष माथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई वुष्टर डोज खोप प्रदान गर्ने निर्णय भएको समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले बताउनुभयो ।
खोटाङ जिल्लाका पालिकाहरु तथा जिल्ला अस्पताल, स्वास्थ्य केन्द्रहरुबाट कोभिड १९ को परिक्षणका लागि एन्टिेजेट टेस्ट गर्ने र पोजिटिव देखिएमा होम आइसोलेसनमा रहने व्यवस्था मिलाउने र त्यसको जानकारी स्वास्थ्य कार्यालयमा प्रतिवेदनका रुपमा उपलव्ध गराउने समेत निर्णय भएको जनाइएको छ ।
दुवै बैठकमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईका साथै दुवै समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान