कार्तिक ०७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङचुर्ईचुम्मा गाउँपालिका वडा नं.७ टेम्मामा, टेम्मा स्पोर्ट्स क्लबले आयोजना गरेको अन्तर वडास्तरीय (7A)Side पुरुष फुटबल प्रतियोगिता साथै एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद–युवा एकताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ यही कार्तिक १ गतेदेखि कार्तिक ५ गते सम्म श्री कृष्ण मा.बि टेम्माको खेलकुद मैदानमा बिविध कार्यक्रमका साथ सम्पन्न गरिएको टेम्मा स्पोर्ट्स क्लबका अध्यक्ष सुबासबाबु मगरले हलेसी एफएमलाई बताउनुभयो ।
उहाँका अनुसार फटबल प्रतियोगिता तर्फ साकेला गाउँपालिका–२ रतन्छा प्रथम, आयोजक टेम्मा स्पोर्ट क्लब टेम्मा द्धितिय भएको छ । फुटबल प्रतियोगितामा प्रथम, द्धितिय हुने बिजेताहरुलार्ई क्रमशः रु ७० हजार, रु. ४० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
खेलकुदका रोचक क्षणहरु






(7A)Side पुरुष फुटबल प्रतियोगितामा जम्मा १८ टिम सहभागी रहेको थिए । यस्तै उत्कृष्ट गोलकिपर र बेष्ट मिट फिल्डरमा दिप्रुङचुर्ईचुम्मा गाउँपालिका–६ टेम्माका सन्देश राई, योगेश रार्ई घोषित हुनु भएको छ । बेस्ट डिफेन्डरमा साकेलागाउँपालिका–२ रतन्छाका रामसुर राई, हार्ई स्कोर खेलाडीमा आयाम राई, बेस्टकोचमा योगेश राई, बेष्ट फ्लेयरमा सोचन रार्ईलार्ई जनही रु.दुर्ई/दुई हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तप्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
यस्तै खुल्ला एकल नृत्य प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अनिश अधिकारी प्रथम, जन्तेढुङगा गाउँपालिकाका लाजिमा रार्ई द्धितिय र दिक्तेलकै नेरिना मगर तृतीय हुनुभएको छ । प्रथम द्धितिया, तृतीय हुनेहरुलार्ई क्रमश रु.१० हजार, रु.५ हजार र रु. ३ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । खुल्ला एकल नृत्य प्रतियोगितामा जम्मा २० टिम सहभागी भएका थिए ।
कार्यक्रममा स्थानिय कलाकारका साथमा हाँस्यकलाकार उमेश राई (फुलन्देको आमा), गायकहरु रुपकुमार राई, रोशन राई, हसन राई, बिनोद साम्पाङ राई, गण्डकी राई, गायिकाहरु सुनिता थेगिम, इन्द्रकला राई, अर्जुना रार्ईका साथमा मोडलहरु अनुशा राना साम्पाङ्ग, शशिकला रार्ईले बेजोड प्रस्तुति समेत गर्नुभएको टेम्मा स्पोर्ट्स क्लबका अध्यक्ष सुबासबाबु मगरले हलेसी एफएमलाई बताउँनुभयो ।
[यो पनि-दिप्रुङचुइचुम्मा–७ टेम्मामा वडास्तरीय फुटबल प्रतियोगिता हुँदै ]
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान