जेठ ०७, २०८१ , खोटाङ
हलेसीन्यजुडेस्क, खोटाङ /
खोटाङमा सञ्चालन भैरहेको वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक, पर्यटन महोत्सव–२०८१ अन्तर्गत जेष्ठ ६ गते १८ वर्ष मूनिका प्रतिभाहरुवीच राष्ट्रिय गायन प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम दिक्तेलको माटिकोरे कभर्डहलमा तोकिएको दिन जेष्ठ ६ गते आइतवार भएको १८ वर्ष मुनिको राष्ट्रव्यापि गायन प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलिडाँडाका मिलन विश्वकर्मा प्रथम घोषित भएको आयोजकले जनाएको छ ।
यसैगरी गायन प्रतियोगितामा सहभागी भएका खोटेहाङ गाउँपालिका–७ खोटाङवजारका सुदिप विश्वकर्मा द्धितिय र ऐसुलुखर्क गाउँपालिका–२ राखावाङदेलकी कञ्चन राईले तेश्रो स्थान प्राप्त गरेकी छिन् ।
अन्य चौथो र पाँचौ हुने हरुमा क्रमशः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी अदिति शाक्य र दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१२ जालपाका डेनिश राई छन् ।
प्रतियोगितामा प्रथमदेखि पाँचौसम्म हुने विजयी प्रतिभाहरुलाई क्रमश रु ४० हजार, रु. २५ हजार, रु. १७ हजार, रु. ११ हजार र रु. ७ हजार नगद पुरस्कारका साथ मेडल र प्रामाणपत्र प्रदान गरिएको छ । विजेताहरुलाई कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजन राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, कांग्रेस नेता रोजन राई, संगीतकार महेश खड्का, खोटाङ कलाकार समाजका अध्यक्ष तथा गायक रुपकुमार राई लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
गायन प्रतियोगिताको निर्णायक समितिमा संगीतकार महेश खड्का, गायिका पार्वती राई र गायक रोशन राईलाई जिम्मेवारी दिइएको थियो ।
खोटाङमा जन्मिएर सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुराउदै आइरहनुभएका संगीतकार महेश खड्का र गायिका पार्वती राईलाई सो अवसरमा आयोजकका तर्फबाट नगद रु ७ हजार ७७७ का साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मानित कलाकारहरु
p
[ यो पनि-वृहत महोत्सवअन्तर्गत खुला राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न }
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान