फागुन २५, २०८० , Khotang
———————————तीर्थराज भट्टराई
आफ्नो कुरा स्पष्ट राख्ने, मध्यम उचाई र खिरिलो ज्यानको हुनुहुन्थ्यो विजयखर्क निवासी समाजसेवी नारायण प्रसाद पोखरेल । चाहे राजा हुन् या रङ्क आफुलाई लागेको कुरा स्पष्ट राख्ने र व्यक्तिगत स्वार्थमा कहिल्यै फस्नु भएन उहाँ । नारायण पोखरेलको एउटै मन्त्र थियो जनता,जनता अनि जनताको सेवा नै धर्म हो भन्ने । हो, तीनै एक निष्कलंकित र जनताका सच्चा अनुयायी समाजसेवीको १० औं स्मृति दिवस हो–२०८० फागुन ६ गते । स्मृति दिवस ६ फागुनमा भएपनि प्रतिष्ठानले आज फागुन २५ गते महाशिवरात्रीको अवसर पारेर समाजमा योगदान पु–याउने समाजसेवीलाई विजयखर्कमा गर्दैछ सम्मान ।
१ छोरा १ छोरी मध्ये खोटाङ जिल्लाको विजयखर्कमा विक्रम सम्वत १९९८ साल फागुन ६ गते जन्म भएको थियो–पहिलो सन्तानको रूपमा । त्यो समयमा थिएनन् प्रशस्त विद्यालय । हुनेखानेले घरैमा गुरू राखेर गराउँथे अक्षराम्भ र छोरालाई पढाउँथे । नत्र पढ्न पाउने कुरै थिएन । सम्पन्न परिवारका मान्छेले छोरालाई पढ्नका लागि पठाउनु पथ्र्याे बनारस र मात्रै हुन्थ्यो पढ्न पाउने अवस्था । कुरै थिएन छोरीलाई पढाउने । छोरीलाई पढायो भने समाजको रितिथिति विग्रन्छ भन्ने थियो मान्यता । परिस्थिति अनुसार नारायण पोखरेलले घरमा सामान्य लेखपढ गरेर खोटाङ बजारबाट मेट्रिक सम्मको अध्ययन पुरा गर्नुभयो २०१७ सालमा ।
लगत्तै भारतीय सेनामा लेखा सम्बन्धि काम गर्नेगरि हुनुभयो भर्ति । तर वावुआमाको लाडप्यारमा हुर्किनु भएकोले जागिरे जीवन छोडेर ३–४ वर्षको अन्तरालमा नै फर्किनुभयो घर । २०१८ साल वैशाखमा लफ्याँग स्थित जंगप्रसाद र पवित्रा आचार्यकी कान्छी छोरी पद्मकुमारीसँग विवाह बन्धनमा गाँसिएर शुरूवात गर्नुभयो सांसारिक जीवनको औपचारिक यात्रा ।
नारायण पोखरेल वाल्य अवस्थादेखि नै चंचले र हुनुहुन्थ्यो तिक्ष्ण स्वभावको ।आफ्नो कुरा स्पष्ट राख्ने र जनहितको पक्षमा वकालत गर्ने वंशाणुगत गुण भएकोले विस्तारै होमिनुभयो राजनीति तिर । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनहितमा समर्पित हुने स्वभाव भएकोले चुलिंदै गयो सम्मान र स्थापित हुनुभयो राजनीतिमा । राजाको शासनकाल भएकोले त्यो समयमा थियो पंचायती व्यवस्था ।
२०२४ देखि २०२९ सम्म गाउँ पन्चायतको सचिव हुनुभयो भने २०३२ देखि २०४६ सम्म लगातार ३ पटक विजयखर्क गाउँ पन्चायतको प्रधानपन्च । त्यो जमानाका प्रधानपन्चको अर्कै मानसम्मान र थियो हैकम पनि । समयका हिसावले सजिलो थिएन प्रधानपन्च हुनलाई । त्यहाँ भित्र पनि अनुदारवादी र उदारवादी थिए प्रधानपन्चहरू । पन्चायत भित्र नारायण पोखरेलको उदारवादी र प्रजातन्त्र पक्षधरको रूपमा पहिचान भएको थियो । कहिल्यै झुक्नुभएन कसैसँग र कमजोरी गरेको भन्दै शिर निहु–याउनु परेन कसैको सामुमा ।
उहाँले समाजिक काममा समय दिनुपर्ने भएकोले घरको हेरचाह र व्यवहार सम्हाल्नुभयो उहाँकी धर्मपत्नी पद्मकुमारीले । ५ छोरा युवराज, जीवराज, धर्मराज, देवराज र रामराज भए भने २ छोरी निर्मला र लक्ष्मी । राजनीति गर्ने मानिसको घरमा परिवारका सदस्यले कहिल्यै मान्नहुँदैन झर्को । दर्जनौं मानिसहरू समस्या लिएर आउने भएकोले अपनत्व लिनुपर्छ सधैभरी । हँसिलो अनुहार, मन्दमुस्कान र खुशीसाथ स्वागत र सत्कार गर्नुभयो पद्मकुमारीले घरमा आएका पाहुनालाई । कहिल्यै गर्नुभएन छिःछिः र दूर–दूर । राजनीतिमा श्रीमानलाई असर पुग्छ कि भनेर सधैं सचेत र सजग रहनु भयो भने सम्मान गर्नबाट कहिल्यै चुक्नुभएन । घरमा आउने पाहुनालाई । कतिपल्ट त आफू भोकै बसेर पाहुनाको सत्कार गरेको कुरा सुनाउनुहुन्छ आमा पद्मकुमारी ।
त्यो समयमा चामल खाद्य संस्थानमा पाइने भएकोले जनताका लागि आफू जमानी बसेर निकाली दिनुभयो चामल । तर अन्तरालमा जनताले चामलको पैसा नतिरेपछि विजयखर्क स्थित कल्सेको आफ्नै खेत बेचेर तिर्नुभयो पैसा । आफूले नखाएको नतिर्न पनि सकिन्थ्यो तर इमान्दारिता पुरा गर्नुभयो । जमानी बस्नेले तिर्नुपर्छ, त्यो कर्तव्य हो भन्ने उदाहरण बन्नुभयो–नारायण पोखरेल । अहिले जताततै वेथिति र भ्रष्टाचारको विषय टड्कारोसँग उठेकोछ । उहाँ जस्तो इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिसँग हामी जनप्रतिनिधिले पनि सिक्नु पर्ने पाठ हो यो ।
२०४६ पछि राजनीति कम घर व्यवहारमा केही समय दिने उद्देश्यले १ लाख ऋण खोजेर लिची, आँप, नरिवल, सुपारी आदि फलफूलका विरूवा रोप्नुभयो आफ्नै जग्गामा । लामो समय सकृय राजनीति र सामाजिक काममा जीवन अर्पण गर्नुभएकोले नागरिक समाज र विश्व हिन्दु महासंघको जिल्ला अध्यक्ष भएर सामाजिक काममा सकृय बनाउनुभयो आफूलाई । निरन्तर जनताको सेवामा लागि रहँदा २०७० कार्तिक १० गते कटारी घुर्मी सडकको पटनाली भन्ज्याँगमा सडक दुर्घटनामा परेर स्वर्गारोहण भयो उहाँको । श्रीमती, छोरा बुहारी, छोरी ज्वाई र नातिनातिना सामाजिक भावनाबाट ओतप्रोत परिवार भएकोले समाजका अन्य अग्रज व्यक्तिको सकृयतामा नारायण पोख्रेल स्मृति प्रतिष्ठानको माध्यमबाट विभिन्न सामाजिक गतिविधि र सेवा भई रहेकोछ । हामी वीच नारायण पोखरेल नरहे पनि उहाँको विचार र सत्कर्म सधैं रहिरहने छ ।
आजको पुनितः तिथीमा पिताजी नारायण पोखरेल प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।
(लेखक दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।)
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान