भदौ १३, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस जिल्ला संगठन विभाग प्रमुख बिष्णुराज राई नियुक्त हुनुभएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८२ भाद्र १० गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णयानुसार राईलाई विज्ञ सदस्यमा नियुक्त गरेको हो।
नौ महिना अघि जनता समाजवादी पार्टी (जसपा) खोटाङका अध्यक्ष निर्मल राई आयोगको अध्यक्षमा नियुक्त हुनुभएको थियो। त्यस लगत्तै नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं प्रचार विभाग प्रमुख खेमराज राई आयोगको सदस्य र नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्य दिलकुमारी राई महिला सदस्यमा नियुक्त हुनुभएको थियो।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका राई विज्ञ सदस्यमा नियुक्त भएसँगै जिल्लास्थित आयोगले पूर्णता पाएको छ।
अध्यक्ष निर्मल राईका अनुसार आयोगले पूर्णता पाएसँगै जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा दीर्घकालदेखि देखिएका अव्यवस्थित बसोबासीहरुको समस्याको पहिचान र समाधान गर्ने कार्यले गति लिनेछ ।
आयोगको प्रमुख जिम्मेवारीमा भूमिहीन परिवारको विवरण संकलन गर्ने, जग्गा दर्ता तथा वितरण प्रक्रिया अगाडि बढाउने, स्थानीय स्तरमा अब्यवस्थित बसोबासीहरुको पहिचान र समस्या समाधानका लागि आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने रहेका छन् ।
p
हलेसीन्युजडेस्क, खोटाङ अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ / अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / अशोज ११/ खोटाङको साकेला गाउँपालिकाले आउँदै गरेको...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान