पौष ०३, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं २ डाँडागाउँ ओख्रे वजारको केही सडकखण्डमा ढलानको काम भैरहेको छ । वजारक्षेत्रमा आवागमन सहज र व्यवस्थित गराउने उद्धेश्यले हाल हुलाक कार्यालय देखि वडा कार्यालय अगाडि हुँदै मूल सडकको टेम्मा जाने मोडसम्म १६५ मिटर कच्ची सडकलाई पक्कि ढलान गर्ने काम भैरहेको हो ।
इलाका स्वास्थ्य चौकी,सानिमा वित्तिय बैँक, प्लस १२ सम्म अध्ययन अध्यापन हुने महेन्द्रोदय मावि रहेको ओख्रे वजार पञ्चायत कालदेखि नै डाँडागाउँको स्थानीय व्यापारिक केन्द्र पनि हो । तत्कालिन जिल्ला पंचायत सभापति दीपबहादुर राईको अगुवाईमा २०३६ सालमा नै मावि स्थापना भएको ओख्रेवजार शैक्षिक केन्द्रको रुपमा पनि परिचित हुँदै आएको छ । त्यो समयमा छोरम्वु, टेम्मा, याम्खा,छितापोखरी, बतासे लगायतका स्थानहरुबाट माविसम्मको अध्ययन गर्न विध्यार्थीहरु महेन्द्रोदय मावि ओख्रेमा धाउने गर्थे । २०३९ सालमा तत्कालिन जिल्ला पञ्चायत सभापति राईको पहलबाट स्वास्थ्य चौकी स्विकृत भएपछि स्थानीय समाजसेवी देवीबहादुर थापाले आफ्नो नामको जमिनमा कम्पाउण्ड सहित दुइतले घर उपलव्ध गराई सोही स्थानबाट शुरुमा स्वास्थ्य सेवाको काम सुचारु गरिएको निज स्वर्गीय देवीबहादुरका साइला छोरा गणेश थापाले हलेसी एफएमलाई बताउनुभयो ।
स्थानीय सरकारको ध्यान अहिले त्यो पुरानो व्यापारिक केन्द्रलाई व्यवस्थित गराउने तर्फ केन्द्रित रहेको पालिका अध्यक्ष लोकेन्द्र राई बताउनुहुन्छ । यही क्रममा हिउद वर्षादको समयमा पनि यात्रुलाई वजारभित्र सफा र सहज आवागमनको व्यवस्था उपलव्ध गराउन पालिकाको बजेटबाट हाल रु ४५ लाख वजेट विनियोजन गरी हुलाक कार्यालय देखि वजारक्षेत्रभित्र पर्ने १६५ मिटर कच्चि सडकलाई पक्की ढलान गराउने काम भैरहेको पालिका अध्यक्ष राई बताउनुहुन्छ ।
यो काम सकिए पछि थप दायाँवायाँ पनि सफा र व्यवस्थित वजारका लागि पहल गरिने वडा नं. २ का वडाध्यक्ष बद्रि कटवालले हलेसी एफएमलाई बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान