भदौ ०७, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले मझुवागढी कालिका भगवती क्षेत्रलाई फूलैफूलको पहाड बनाउने अभियान अन्तर्गत दिक्तेल हाटडाँडा देखि देविथान जाने पदमार्गको करिब ६०० मिटरको दाँया बाँया दुबै तर्फ विभिन्न प्रजातिका फुलको बिरुवाहरु रोप्ने कामलाई निरन्तरता दिएको छ । यस अगाडि पनि त्यस क्षेत्रमा फूलका विरुवाहरु रोप्ने काम भैरहेकोमा आज पनि करिब सय जनाभन्दा बढिको जनसहभागितामा चार सय बढी फुलका बिरुवाहरु रोप्दै यो कामलाई निरन्तरता दिइएको हो ।
नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा भएको उक्त कार्यक्रममा प्रदेश सभा सांसद पाँचकर्ण राई, वडा नं.१ दिक्तेलका वडाध्यक्ष नवराज राई, वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे, वडा नं.४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, जिल्ला वन कार्यालय प्रमुख पशुपति दाहाल, गोरखनाथ गण मुडे प्रमुख शेनानी सुजन गुरुङ, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रनाउ मन्जिल मुकारुङ, सशस्त्र प्रहरी वल हलेशी गुल्म खोटाङका प्रमुख प्रनाउ कृष्णबहादुर बम, कार्यपालिका सदस्यहरु, उध्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य लगायत पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
यसैगरी फूल रोप्ने अभियानमा शुभद्रा–मदन फाउन्डेसनका निर्देशक सूर्यबहादुर राई, दिक्तेल सामाजिक गुठीका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, देविथान सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर कटुवाल, नेत्रज्योति संघ खोटाङका अध्यक्ष ईन्द्र कसजु, हाटडाँडा टोल विकास समिति लगायत विभिन्न टोल विकास समिति, विभिन्न संघ÷संस्था, समाजसेवी, वुद्धिजिवी, सम्पूर्ण नगरपालिका कर्मचारी, स्थानीयवासीहरुको उत्साहजनक सहभागिता रहेको पालिका श्रोतले जनाएको छ ।
मझुवागढी देविथान नजिकै अवस्थित कडा चट्टानी भिरालो भागलाई निकट भविष्यमा रक क्लाइमिङको लागि उपर्युक्त क्षेत्रका रुपमा प्रवर्द्धन गर्न सकिने भएकोले त्यसलाई संभावित योजनाका रुपमा नगरपालिकाले श्री गोरखनाथ गण मुढे व्यारेकका माउन्टेन क्लाइमिङ तालिम प्राप्त टिमको सहयोगमा आजै उक्त क्षेत्रका बुट्यान र झाँडीहरु सफा गरेको छ । यसको प्रवर्द्धन कार्यमा प्राविधिक अध्ययन र सहयोग पुर्याउने उद्धेश्यले रक क्लाइमिङको क्षेत्रमा आवद्ध नेपाल क्लाइमिङ स्पोर्ट्स एशोसियसनका केन्द्रिय उपाध्यक्ष लाक्पा शेर्पा आज अपरान्ह ३ वजे दिक्तेल आइसक्नुभएको नगरप्रमुख भट्टराईले हलेसी एफमलाई बताउनुभयो । उहाँले स्थलगत अध्ययन गर्दै उक्त स्थान रकक्लाइमिङको लागि संभावित स्पोट ( Spot ) रहेको बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !