कार्तिक १५, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेपालीहरुको महत्वपूर्ण पर्व तिहारका अवसरमा सबैलार्ई शान्तिपूर्ण र मर्यादित ढंगले चाँडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय, खोटाङले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीद्वारा हस्ताक्षरित सूचनामा शान्ति सुरक्षा एवं अमनचयनको अवस्थालाई सामान्य तुल्याई चाँडपर्व मनाउन आग्रह गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङद्धारा कात्तिक १३ गते मंगलवार जारी सूचनामा राष्ट्रिय चाँड तिहार, नेपाल सम्वत र छठको अवसरमा शुभकामना व्यक्त गर्दै चाँडबाड मनाउने क्रममा सानो असावधानीका कारण दिपावलीका लागि बालेको वत्तिबाट आगजनी हुने, गैर–कानूनी पटाकाजन्य वस्तुको प्रयोगबाट जीउज्यानको क्षति हुने, मादक पदार्थको सेवनबाट घर परिवार र समाजमा अशान्ति हुने, जुवा र सट्टेबाजी खेलबाट धन र मानको क्षति हुने जस्ता अवस्थाको सिर्जना हुन सक्ने सम्भावनाको हवाला दिँदै यसबाट जोगिएर राष्ट्रिय चाँड तिहार, नेपाल सम्वत र छठ पर्वलाई हर्षोल्लासका साथ मनाउन सबैलाई अनुरोध गरिएको छ ।
संयमित र अनुशासित ढंगले चाँड मनाउन र देउसी, भैलो जस्ता कार्यक्रम रातिको ११ बजे सम्म मात्र सञ्चालन गर्न, जुवातास र सट्टेबाजी जस्ता खेल नखेल्न, नखेलाउन जिल्ला सुरक्षा समिति, खोटाङद्वारा सार्वजनिक सूचनामार्फत आग्रह गरिएको छ ।
यसैगरी जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो तथा नाँचगान जस्ता कार्यहरू गुनासोरहित तवरले सञ्चालन गर्नुका साथै सार्वजनिक यातायात, आवतजावत र जनजीवनलाई असर नपर्ने गरी मर्यादित, अनुशासित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्नु गराउन अनुरोध गरिएको छ ।
पटका, झरझरे, भुइँचम्पा जस्ता विस्फोटकजन्य पदार्थ प्रयोग नगर्नु र यस्ता पदार्थहरूको निकासी, ओसारपसार एवम् विकी वितरण नगर्न समेत जिल्ला प्रशासन कार्यालय खोटाङले अनुरोध गरेको छ ।

हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान