फागुन २९, २०८१ , Khotang
——–मेघराज पौड्याल
तामा मेसु अचार हुन्छ गतिलो डालो र नाङ्लो भुने
डोको ढाकर खाट माच र खुँगा सोली र हुक्का हुने
ढुङ्ग्री मेचसँगै बनिन्छ मुरली दाम्लो र नाम्लो अनि
फित्कौली बिँड हाल्न मिल्दछ कतै भाटो र साटो पनि ।।१।।
पेरुङ्गो धनुकाँड बन्दछ जुवा बाजा बिनायो अनि
चित्रो चिर्पट बाँसुरी दलिन ती बन्छन् गुलेली पनि
ढुङ्ग्रो बन्दछ गोठ हुन्छ सजिलो डाँडा र भाटा हुने
यौटा हुन्न हलो दराज छपनी सिन्को र लौरो हुने ।।२।।
कोठो चाल्नु फिपी बनिन्छ कुनियाँ ठेडी र ढोक्सो नली
खाँबो टेबुल बन्छ फुर्लुङ ढकी दाँदे र ढाकी पनि
बन्छन् मेच नयाँ–नयाँ किसिमका सारा भकारी अरू
मान्द्रो खोर अझै मचान गतिलो थुन्से र बक्साहरू ।।३।।
टौवा दिव्य गिलास बन्दछ नयाँ टोपी र छाता अनि
राम्रो गेह बनिन्छ सुन्दर बुटे यै हुन्छ थाँक्रो पनि
छेको हुन्छ मियो डिको कलम यो नाला हुनेछन् अनि
भाला खर्पन बन्दछन् अझ कतै ठोकिन्छ भ्याल्सी पनि ।।४।।
घारो बन्दछ लास बोक्न बलियो संस्कार मान्छन् सब
लिङ्गो हुन्छ पवित्र जो कृषकले बेचे सधैँ वैभव
कोक्रो हुन्छ बलो गजो सरसँगै काम्रो र चोयो हुने
टाटी ढाट सिँढी बनिन्छ सहजै यै बाँसको भुर्कुने ।।५।।
कञ्चनपुर नगरपालिका—७ आदर्शटोल, सप्तरी
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान