श्रावण २२, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिकाले महामारीको रुपमा फैलिएको डेंगी र आँखा पाक्ने रोगको नियन्त्रणका लागि सबै नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रत्येक टोल तथा विद्यालयमा अभियान सञ्चालन सुरु गरेको छ ।
विश्व स्तनपान सप्ताहको अवसर पारी हालैमात्र बसेको पालिकास्तरीय आकस्मिक वैठकले महामारी नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री तत्काल जुटाई व्यवस्थापन गर्न गाउँपालिका प्रमुख रवि प्रकाश राईले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । अहिलेको प्रमुख स्वास्थ्य समस्या डेंगी र आँखा पाक्ने रोग भएकाले विशेष सतर्कता अपनाउन अध्यक्ष राईले निर्देशन दिनुभएको हो ।
गाउँपालिका प्रमुख राईको अध्यक्षतामा बसेको वैठकले दुवै रोगको महामारी नियन्त्रणका लागि वडा सरकार, टोल विकास सुधार समिति, महिला स्वास्थ्य स्वयम सेविका, आमा समूह, स्वास्थ्यकर्मी, शिक्षक, वुद्धिजीवी, राजनैतिक नेतृत्वलाई परिचालन गर्ने निणर्य भएको छ । त्यस्तै, डेंगी रोग र आँखा पाक्ने रोग सम्बन्धी अभिमुखिकरण सञ्चालन गर्ने, आवश्यक औषधीको व्यवस्थापन र जगेडा गर्ने, आम जनचेतनाको लागि भिडियो सार्वजनिक गर्ने लगायतका निणर्य वैठकले गरेको छ ।
त्यस्तै पालिकामा सञ्चालित सबै सामुदायिक विद्यालयको पठनपाठनमा वाधा नपर्ने गरि नियमित सञ्चालन गर्ने र संक्रमित विद्यार्थी भए घरैमा राखेर उपचार गराउने व्यवस्था गर्ने गरि निणर्य पारित गरिएको स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताउनुभयो । स्वास्थ्यकर्मीहरुका अनुसार वर्षादको समयमा यो रोग बढी देखा पर्छ । सामान्यतया २२ देखि ३४ डिग्रीको तापक्रममा डेंगी रोग फैलने स्वास्थ्यक्रमीहरुको भनाई छ ।
यसैबीच, डेंगी र आँखा पाक्ने रोग रोकथामका लागि शनिबार पालिकाका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा आकस्मिक वैठक बसी टोल तथा बस्तीस्तरमा सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने निणर्य गरिएको बताईएको छ । आईतबार वडा नं। ३ खिदिमास्थित सिद्देश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई डेंगी रोग र आँखा पाक्ने रोग सम्बन्धी सचेतना मूलक स्वास्थ्य शिक्षा प्रदान गरिएको स्वास्थ्यचौकी खिदिमाका प्रमुख कमल प्रसाद फुयाँलले जानकारी दिनुभयो । महामारीको रुपमा फैलिएको डेंगी रोग र आँखा पाक्ने रोगको शंका लागेमा तत्काल नजिकैको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न गाउँपालिकाले आह्वान गरेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान