माघ १९, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित सुरक्षित आप्रवासन सामीले वैदेशिक रोजगारीमा गएका नागरिकहरुको पछिल्लो अवस्था सहित सुरक्षित आप्रवाशन सम्बन्धि विषयवस्तुमा आधारित भएर स्थानीय पत्रकारहरुसँग अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ । ‘सकेसम्म स्वदेश मै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सूचना, सीप र तालिम लिएर मात्र जाऔँ’ भन्ने मुल नाराका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित सुरक्षित आप्रवासन सामीले बिहीबार नगरको सभाहलमा ‘खोटाङ जिल्लामा बैदेशिक रोजगारको पछिल्लो अवस्थासहित सुरक्षित आप्रावासन सम्बन्धी’ पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा हेल्भेटास÷सामीका कार्यक्रम अधिकृत उमा पौडेलले बैदेशिक रोजगारमा जानेहरुको संख्या बढेसंगै वैदेशिक रोजगारका समस्याहरु पनि थपिदैै गएकाले स्थानीय सरकार तथा सम्पूर्ण सरोकारवालाहरुले आप्रवासनलाइ सुरक्षित बनाउने विषय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । वैदेशिक रोजगारको विषय हरेक क्षेत्रसंग अन्तरसम्बन्धित विषय भएको भन्दै यसलाई सुरक्षित बनाउन सवैको महत्वपूर्ण भुमिका रहने पौडेलको भनार्ई थियो ।
कोशी प्रदेशका पहाडी जिल्लाहरुमध्ये खोटाङबाट सवैभन्दा बढी वैदेशिक रोजगारीमा जानेहरुको संख्या रहेको उल्लेख गर्दै अधिकृत पौडेलले यस जिल्लासँंग सुरक्षित आप्रवासनका सम्बन्धमा विशेष योजना तथा प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । चालू आर्थिक बर्षमा सामी कार्यक्रमको सहजिकरणमा रु.४४ लाख २५ हजार आर्थिक सहायता वापत सम्बन्धित ब्यक्ति तथा परिवारले प्राप्त गरेको पनि उहाँले बताउनु भयो ।
आ.व. २०६३ र ६४ देखि २०७९ र ८० सम्म नेपालबाट श्रम स्विकृति लिएर वैदेशिक रोजगारमा जानेको संख्या ६४ लाख ५२ हजार २३४ पुगेको, गत आ.व २०७९ र ८० मा ७७,१३२ जनाले श्रम स्वीकृति लिएकोमा दैनिक सरदर २,११३ जना वैदेशिक रोजगार जाने गरेको, श्रम स्वीकृती नलिई अवैधानिक तरिकाबाट वैदेशिक रोजगारमा जानेको संख्या पनि उल्लेख्य रहेको, कुल संख्याको करिब २१.८२ प्रतिशत संख्या कोशी प्रदेशबाट, आ.व २०७९ र ८० मा मात्र कोशी प्रदेशबाट १,६८,३०८ जनाले श्रम स्वीकृती लिएको कार्यक्रम संयोजक सन्तोष रार्ईले बताउनु भएको छ । अहिले वैदेशिक रोजगारीमा जानेहरुमध्ये अधिकांश आफन्तबाटै ठगिने गरेको पनि उहाँले बताउनु भयो । विदेश पठाईदिने भन्दै एजेण्ट तथा मेनपावरहरुले ठग्ने गरेको कार्यक्रममा उपस्थित पीडितहरुले बताएका छन् ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई, नेपाल पत्रकार महासघंका अध्यक्ष दिलिप खत्री, पत्रकारहरु, मेनपावरहरु तथा आफन्तबाटै ठगिने स्थानीय पीडितहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण सुरक्षित आप्रावासन सामीका संयोजक सन्तोष रार्ई र हेल्भेटास÷सामीका कार्यक्रम अधिकृत उमा पौडेलले गर्नुभएको थियो । समापन नगर प्रमुख प्रमुख तीर्थराज भट्टराइले गर्नु भएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान