जेठ ०९, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलबजारमा वृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक, पर्यटन महोत्सव–२०८१ को अन्तिम श्रंखला अन्तर्गत राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा जेष्ठ ८ गतेबाट दिक्तेल माटिकोरेस्थित बहुउद्देश्य कभर्डहलमा राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा सातवटा प्रदेश र आयोजक गरी आठ टिम प्रतिस्पर्धामा छन् ।
प्रतियोगिताको शुरुको दिन भएको पाँच इभेन्टको खेलमा आयोजकका तर्फबाट सहभागी टिमले तीन स्वर्ण सहित अग्रता लिएको थाहा भएको छ । महिला एकलकातामा रोश्मा राई, महिला टिम कातामा अनिशा राई, विशुका राई र करुणा राई तथा पुरुष टिमकातामा रुरीहाङ दुमी, अर्जुन श्रेष्ठ र सूर्यचन्द्र राईले स्वर्ण पदक पाएको जनाइएको छ ।
महिला एकलकातामा गण्डकीकी सुमिना तामाङले काँस्य र कोशी प्रदेशकी कृति राईले रजत प्राप्त गरेकीछिन् । महिला टिमकातामा कोशीकै सोमी राई, प्रमिला विश्वकर्मा र कृति राईले रजत हात पारेकाछन् । पुरुष टिमकातामा कोशी प्रदेशका अमिर राई, निदे शेर्पा, र राजल थामीले कास्य पदक प्राप्त गरेकाछन् ।
४५ केजि अन्तर्गत पुरुष कोमितेमा मधेश प्रदेशका प्रिन्स साहले स्वर्ण, आयोजक टिमका प्रणयविक्रम राईले काँस्य र कर्णाली प्रदेशका भुवशुन्दर श्रेष्ठ तथा वागमती प्रदेशका आशिक कुयालले रजत पदक प्राप्त गरेको थाहा भएको छ ।
अन्य खेलहरु जेष्ठ ९ र १० गते खेलाइनेछन् ।
करातेमा टिम प्रथम हुनेले रु. एक लाख ११ हजार १११, दोश्रो हुनेले रु. ५५ हजार ५५५, तेश्रो हुनेले रु. ४४ हजार ४४४, चौथो हुनेले रु. २२ हजार २२२, उत्कृष्ट पुरुष र महिला खेलाडी एक–एक जनाले जनही रु.२२ हजार २२२ रुपैयाँ र उत्कृष्ट व्यवस्थापनले रु. ११ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र पाउनेछन् ।
कराते प्रतियोगिता जेष्ठ १० गते सम्पन्न हुनेछ ।
प्रतिष्ठानले बैशाख ३१ गतेदेखि ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव–२०८१’ गरिरहेको छ । महोत्सव अन्तर्गत बैशाख ३१ गते हाफ म्याराथनसहित विभिन्न दौड प्रतियोगिता, जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगिता र जेष्ठ ६ गते १८ वर्षमूनिको राष्ट्रिय गायन प्रतियोगिता सम्पन्न भईसकेको छ ।
खेलका केही रोचक दृष्यहरु









[ यो पनि-१८ वर्षमुनिका प्रतिभाहरुवीच भएको खुल्ला राष्ट्रव्यापि गायनमा मिलन भए प्रथम }
हलेसीन्युजडेस्क, खोटाङ, चैत्र १७, मंगलवार / खोटाङ जिल्लाको प्रसिद्ध धार्मिक...
ज्ञापनपत्र मार्फत समाधानको माग हलेसीन्युजडेस्क, खोटाङ/ चैत्र १७, मंगलवार, खोटाङ...
५७ कैदी लाभान्वित, ३० जनालाई चस्मा वितरण हलेसीन्युजडेस्क, खोटाङ चैत्र...
हलेसीन्युजडेस्क,खोटाङ, चैत्र ११, बुधवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित...
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान