पौष २७, २०८१ , Khotang
--------------प्रत्युन्ह पोखरेल
खोटाङ खार्पाकी १०६ वर्षीय रेणुकादेवी पोखरेलले २०८१ पौष २४ गते बुधवारका दिन भौतिक देह परित्याग गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईकी माता पदमकुमारी भट्टराईकी आमा रेणुकादेवी पोखरेल आफनी छोरी पदमकुमारीले भौतिक संसारबाट विदा लिएको ठीक २९ दिनपछि आफूले पनि आफ्नै छोरीको पदचाप पछ्याउनुभयो ।
यस अर्थमा नगरप्रमुख भट्टराईमाथि लगातार वज्रपात भयो । गत मंसिर २६ गते आमा गुमाउनुपर्यो । त्यसको लगत्तै हजुरआमाको दुखद निधनले आलो मनको घाउलाई थप नुनचुक थपिदिने काम भयो । असह्य वेदनाले प्रताडित बन्दै नगरपालिकाद्धारा फागुण १५, १६ र १७ गते आयोजना गरिन लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारीमा जुट्नु परेकै छ । दैन्यदैन्य जनसरोकारका काममा खट्नु परेकै छ । राजनैतिक कर्म एउटा तपस्या नै त हो ।
विक्रम सम्वत १९७६ साल अशोज १५ गते शनिवारका दिन पिता स्वर्गीय धरणीधर खतिवडा र माता स्वर्गीय जमुना खतिवडाको कोखबाट पहिलो सुपुत्रीको रुपमा रेणुकादेवीले जन्म लिई यो धरतिमा आँखा खोल्नुभयो ।
त्यो समयको प्रचलन अनुसार उहाँको पाँच वर्षकै कलिलो उमेरमा विक्रम सम्वत १९८० सालमा खार्पाका पोखरेल परिवारका महानन्द पोखरेल (हाल रावावेशी गाउँपालिका खार्पा रुभुंग) सँग वैवाहिक सम्बन्ध स्थापित भयो । उहाँहरुका पाँच छोरा, पाँच छोरी जन्मिए । सबैभन्दा जेठो छोरा खगेन्द्र पोखरेल हाल ८२ वर्षको उमेरमा हुनुहुन्छ ।
जेठी छोरी पदमकुमारीको दोर्पा चिउरीडाँडाका लक्ष्मीप्रसाद भट्टराईसँग २००६ सालमा विवाह भयो । उहाँहरुका माइलो सुपुत्र तीर्थराज भट्टराई नै हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।
नगरप्रमुख भट्टराइकी हजुरआमा रेणुकादेवी आफ्नो छोरा बुहारीका साथ झापास्थित कन्काई नगरपालिका वडा नं. १ दुर्गापुरमा रहदै आउनुभएको थियो ।
नगरप्रमुख भट्टराई तराईमा जाँदा वेला वेला मावली हजुरआमा, जो शताव्दी पार गरेर एउटा सिँगो युगको जिवन्त इतिहासका रुपमा बाँचिरहनुभएको थियो, भेटेर आशिर्वाद लिने गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ—‘हजुरआमा टेलिफोनबाट मजाले कुराकानी गर्नुहुन्थ्यो । स्पष्ट हाम्रा कुराहरुको जवाफ दिनुहुन्थ्यो । राम्ररी चिन्नुहुन्थ्यो । तर एक वर्षदेखि त्यो शक्तिमा क्षय भैरहेको थियो । ६ महिनादेखि त मानिसलाई ठम्याउनै सक्नु हुन्नथ्यो ।’
विक्रम सम्वत २०८० सालमा हजुरआमा रेणुकादेवीलाई कन्काई नगरपालिकाले जेष्ठ नागरिक अभिनन्दन गरेको थियो । नगरप्रमुख राजेन्द्र कुमार पोखरेलको अगुवाईमा नगरपालिकाले घरैमा गएर उहाँलाई अभिनन्दन गरेको थियो ।
पारिवारिक श्रोतका अनुसार जीवनको उत्तरार्द्धमा पनि उहाँ सँस्कृतका श्लोकहरु, रामायण, महाभारत लगायत धार्मिक शास्त्रका पंक्तिहरु कन्ठस्थ वाचन गरेर सुनाउने गर्नुहुन्थ्यो ।
नगरप्रमुख भट्टराईले मामा खगेन्द्रबाट जानकारी प्राप्त गरे अनुसार खाना खाने, सुस्तरी हिडडुल गर्ने, उठवस गर्ने क्रममै उहाँको आकस्मिक देहावसान भयो ।
यसरी एउटा सिँगो युग सदाको लागि ढल्यो । शताव्दि लामो जिउँदो इतिहास सदाका लागि पटाक्षेप भयो ।
हलेसी एफएमका तर्फबाट हजुर आमा रेणुकादेवीलाई चौथो दिनको पुण्य तीथिका अवसरमा भावपूर्ण श्रद्धञ्जली !
[यो पनि--दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईलाई मातृशोक ]
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान