भदौ १९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा खोटाङले पनि एक कार्यक्रमको आयोजना गरी रेडक्रेसका संस्थापक जाँ हेनरी ड्युनाको तस्विरमा माल्यार्पणका साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘मानवतालार्ई जिवित राखौ’ भन्ने मुल नाराका साथ भाद्र १९ गते नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीको अध्यक्षतामा रेडक्रेसका संस्थापक जाँ हेनरी ड्युनाको तस्विरमा माल्यार्पणका साथै रक्तदान कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार वजिमयले हलेसी एफएमलाई बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री बजिमय भन्नुहुन्छ-‘रक्तदानले शरीरमा कुनै पनि हानी नोक्सानी नपु-याउने बरु अरु कसैको जीवन बचाउने पूण्य काम भएकोले स्थापना दिवसको अवसरमा यो कार्यक्रम राखिएको हो ।’
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति जोशीका साथै कोषाध्यक्ष लिला बहादुर खत्री, सदस्य कृष्ण प्रसाद आचार्यले पनि रक्तदान गर्नु भएको थाहा भएको छ ।
सभापति जोशीले विपद्का बेलामा उद्धार कार्यमा खट्न रेडक्रसकर्मी सदा तत्पर रहेको भन्दै रेडक्रस स्थापना दिवसको अवसरले सबैलाई समाज सेवाका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवी, रेडक्रसकर्मीका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी वि.स २०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समिति गठन पश्चात नेपालमा रेडक्रसको स्थापना भएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान