श्रावण २०, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लामा डेंगु संक्रमण बढ्न थालेपछि जिल्लाको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले डेंगु रोकथाम तथा नि यन्त्रण अभियान सञ्चालन गरेको छ । साउन १९ गतेदेखि दिक्तेल वजारमा डेंगु रोकथाम तथा लामखुट्टेको लार्भा खोजेर नष्ट नष्ट गर्ने अभियान शुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाल रेडक्रस सोसाईटी, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल खोटाङको संयुक्त आयोजनामा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन भएको हो ।
दिक्तेल बजार एरियामा रहेका बिभिन्न होटल पसलका फ्रिजहरु, गमलाहरु, पानी जमेका ठाउँहरु, ग्यारेजहरु, फोहोरका नालिहरुमा स्प्रे गरी टायर, ट्याङ्की तथा कुलरहरुमा पानी जम्न नदिई डेङ्गु रोगलाई रोकथाम तथा न्यूनिकरणका लागि जानकारी तथा सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पूण्यप्रसाद सिग्देलले बताउनुभयो । उहाँ भन्नु हुन्छ््–‘ प्रत्येक घरभित्रैबाट नियन्त्रणको अभियान सुरु गर्नु जरुरी छ । घरभित्र रहेको गमला, कुलर खुल्ला राखिएको भाँडाको पानी छोपेर राख्ने गरियो भने केही मात्रामा बच्न सकिन्छ । डेंगु सार्ने भेक्टर एडिस नामक पोथी लामखुट्टेको प्रजातिको संख्या बढेसँगै नेपालमा पनि पछिल्ला वर्षहरुमा डेंगुको प्रकोप बढ्दै गएको हो ।
डेंगु लाग्दा ज्वरो आउने, आँखा रातो हुने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलशय हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु रहेका छन् ।
नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा नगर उप–प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी , जनस्वास्थ्य निरीक्षक, राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरु,विभिन्न व्यवासायीहरु लगायत स्थानीयहरुको उलेख्य मात्रामा सहभागिता रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान