मंसिर २४, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानीबजारमा बुङ्खावा १९ औँ वार्षिकोत्सव तथा बान्तावा साहित्य महोत्सवको आयोजना भैरहेको छ । बुङ्खावा( फूलवारी) मासिकको आयोजना तथा जन्तेढुंगाउँपालिकाको सहयोगमा बुङ्खावा प्रकाशनको १९ औँ वर्ष पूरा भएको अवसर पारेर जन्तेढुंगा गाउँपालिकाको कार्यालय परिसरमा मंसिर २३ र २४ गते १९ औँ वार्षिकोत्सवका साथै बान्तावा साहित्य महोत्सवको आयोजना गरिएको मासिक पत्रिकाका सम्पादक तथा कार्यक्रम संयोजक पदम वालाहाङ राईले हलेसी एफएमलाई बताउनुभयो ।
मंसिर २३ गते किराँत राई बान्तावा खिमका अध्यक्ष कुमार राईको अध्यक्षतामा १९ औँ वार्षिकोत्सव तथा बान्तावा साहित्य महोत्सवको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राज्ञ डा. धनप्रसाद सुवेदीद्धारा उद्घाटन भएको कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ त्रैलोक्यमान बनेपाली, समन्वय समितिका सदस्य मोहन सुप्तिहाङ, जन्तेढुंगा गाउँपलिकाको अध्यक्ष अरुणा राई, खोटोहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, भोजपुर हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, जन्तेढुंगा गाउँपलिकाका उपाध्यक्ष खेमबहादुर खड्का, बुङ्खावा शुभेच्छुक, लेखक, अक्षयकोषदाताहरु, बुङ्खावा संस्थापकहरु, संरक्षकहरु, सल्लाहकारहरु लगायतको उपस्थिति रहेको थियो ।
बार्षिकोत्सव तथा साहित्य महोत्सवको पहिलो दिन प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुको शुभकामना मन्तव्यका साथै विविध साँस्कृतिक नृत्यहरु प्रदर्शन र बान्तावा भाषामा कविता प्रतियोगिताको आयोजना गरिएको थियो । उद्घाटन सत्रमा गायिका लिला राईले बान्तावा भाषामा मिठो गीत समेत प्रस्तुत गर्नुभएको थियो ।
वार्षिकोत्सव तथा साहित्य महोत्सवको दोश्रो दिन मंसिर २४ गते विहान जन्तेढुंगा गाउँपलिकाका ऐतिहासिक एवं साँस्कृतिक महत्वका दुई स्थानहरु जन्तेढुंगा–हुँमापोखरी पदयात्रामा सहभागी बनेर त्यहाँको वर्तमान अवस्थाको अध्ययन/अवलोकन भैरहेको जनाईको छ ।
हुमापोखरीको अध्ययन अवलोकन पछि चिसापानीबजारदेखि दक्षिणतर्फ करिव २ किलोमिटरको दुरिमा अवस्थित प्रशिद्ध ऐतिहासिक तथा पर्यटकीय स्थल जन्तेढुंगामा गएर अवलोकन तथा विमर्श कार्यक्रम गरिने बुङ्खावाका सम्पादक पदम राईले बताउनुभयो ।
परापूर्वकालमा कुनै राजाको विवाहमा दुलहा दुलही लिएर जन्ति हिडिरहेको वेला उनीहरु त्यही अलप भएको जनश्रुतिबाट जन्तेढुंगालाई यहाँ आसपासका नागरिकहरु परिचित गराउँछन् । कोही हिडिरहेका, कोही विवाहका वाजा वजाईरहेका, लस्कर मानिसहरुको आकृति देखिने ठूलो प्रस्तर ढुंगा अध्यावधि त्यहाँ रहेको हुँदा यसलाई जन्तेढुंगा भनेर बोलाइन्छ ।
आज अपरान्हमा भे तालेत (धनुषबाण) प्रतियोगिता, दोङदोङमा ( बिनायो) प्रतियोगिताका साथै धामी र बान्तावा शिक्षकहरुलाई सम्मान गरिने जनाइएको छ । आजै विजयी प्रतियागीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
बुङ्खावा वार्षिकोत्सव तथा बान्तावा साहित्य महोत्सवले यहाँको भाषा, साहित्य, सँस्कृतिको संरक्षण/प्रवर्द्धन हुने भएकोले जन्तेढुंगाउँपालिकाले यस्ता कार्यक्रमहरुलाई प्रत्यक्ष सहयोग गर्ने पालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो । आगामी दिनमा यहाँ बोलिने पुमा भाषाको संरक्षण र प्रवर्द्धनमा पनि गाउँपलिकाले सहयोग गर्ने उहाँको भनाई छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान