मंसिर २९, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकामा जिल्लाकै पहिलो पटक सञ्चालन गरिएको अन्तर विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमा सरस्वती माध्यमिक विद्यालय मात्तिम प्रथम भएको छ । विभिन्न ९ वटा विधामा सञ्चालन गरिएको प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापमा अन्य विद्यालयहरुलाई पछि पार्दै सरस्वती मावि प्रथम भएको हो । उक्त मावि अध्ययनरत छात्रछात्राहरुले तीन स्वर्ण, दुई रजत र एक काँस्य गरि छ वटा विधामा अब्बल प्रतिस्पर्धा गरि विजय हाँसिल गरेसँगै प्रथम स्थान ओगट्न सफल बनेको हो ।
त्यस्तै साकेला माध्यमिक विद्यालय रतन्छाले दुई स्वर्ण, दुई रजत र एक काँस्य गरि जम्मा पाँच पदक प्राप्त गरेर दोश्रो बन्न सफल भएको छ भने एक स्वर्ण, दुई रजत र एक काँस्य गरि सिद्देश्वरी माध्यमिक विद्यालय खिदिमा तेश्रो भएको छ । पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थिलाई सहभागि गराई चौतर्फी ज्ञान हाँसिल गराउने उदेश्यका साथ साकेला गाउँपालिकाको शिक्षा शाखाले बुधबारदेखि प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको थियो ।
विद्यार्थीहरुमा शैक्षिक चेतनाको विकाससँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराई वाह्य ज्ञान हाँसिल गराउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभयो । हरेक वर्ष सञ्चालन गरिँदै आएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भन्दा फरक ढँगबाट गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको छ –अध्यक्ष राईले भन्नुभयो, सम्भवत यसरी अतिरिक्त क्रियाकलाप गराउने पालिकामध्ये खोटाङ जिल्लामा साकेला गाउँपालिका पहिलो हो । आगामी दिनमा अझ व्यवस्थित तरिकाबाट विद्यालय स्तरीय अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै लगिनेछ उहाँको भनाई छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले साकेलाको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि हालसम्म तयार गरिएको शैक्षिक नीतिलाई कार्यान्वयनको पाटोमा लैजान सुरु गरिएको पनि बताउनु भएको छ । व्यवहारिक र वैज्ञानिक शिक्षाले मात्र विकास सम्भव हुने भन्दै उहाँले आफूले सिकेका ज्ञान र सीपको प्रयोग गर्न सके साकेलाको भावि सपना र उदेश्य पुरा हुने कुरामा आफू विश्वस्त भएको उल्लेख गर्नुभएको छ ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको विशेष आथित्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कक्षा ९–१२ बीच हाजिरी जवाफ, कक्षा ९–१२ बीच वकृत्वकला, कक्षा ६–८ बीच निवन्ध लेखन, कक्षा ६–८ बीच चित्रकला, कक्षा ४–५ बीच चित्रकला, कक्षा ४–५ बीच हिसाबदौड, कक्षा ६–ड बीचको म्युजिकल चेयर, कक्षा १–३ को बेलुन सेभ र कक्षा १–३ बीच भित्र–बाहिर खेलको प्रतिस्पर्धा गराएको थियो ।
गाउँपालिकाभित्रका २८ वटै सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागि बनेको प्रतियोगिता अन्तर्गत हाजिरी जवाफमा सिद्देश्वरी माध्यमिक विद्यालय साकेला–३ खिदिमा प्रथम, साकेला माध्यमिक विद्यालय रतन्छा द्धितीय र बालबालिका मावि साकेला–४ मात्तिम तृतीय भएका छन् ।
त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धि वकृत्वकला प्रतियोगितामा साकेला माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा भोजना फुयल प्रथम, सिद्देश्वरी माध्यमिक विद्यालय खिदिमामा अध्यनरत छात्रा सुरक्षा तामाङ द्धितीय र राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडामा अध्ययनरत छात्रा करुणा बस्नेत तृतीय भएका छन् । उता, कक्षा ६–८ को निबन्ध लेखन प्रतियोगितामा सहभागि बनेका सरस्वती माध्यमिक विद्यालय मात्तिमका छात्र दिपेश रोकाय प्रथम, सिद्देश्वरी माध्यमिक विद्यालयका छात्रा रोजिना तामाङ द्धितीय र चण्डेश्वरी आधारभूत विद्यालय डाँडागाउँमा अध्ययनरत छात्र दिप्सुहाङ राई तृतीय बन्न सफल भएका छन् ।
त्यस्तै कक्षा ४–५ बीच सञ्चालन गरिएको हिसाब दौड प्रतियोगितामा प्रतिभा आधारभूत विद्यालय मात्तिम–५ मा अध्ययनरत छात्र हिमाल राई प्रथम, साल्मे आधारभूत विद्यालय रतन्छामा अध्ययनरत छात्र अदित राई द्धितीय र पञ्चकन्या आधारभूत विद्यालय मात्तिम–५ मा अध्ययनरत छात्रा किया राई तृतीय भएका छन् । कक्षा ४–५ को चित्र लेखन प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छामा अध्ययनरत छात्र आशिष लिम्वु प्रथम, सरस्वती माध्यमिक विद्यालय मात्तिममा अध्ययनरत छात्रा आरोशी रोकाय र साकेला माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा दिपिना राई तृतीय भएका छन् भने कक्षा ६–८ को चित्र लेखन प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय मात्तिममा अध्ययनरत छात्र निहाङ राई प्रथम, सोही माविमा अध्ययनरत छात्र आरोन यादव द्धितीय र बालबालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रिया तामाङ तृतीय बनेका छन् ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत नै कक्षा १–३ को भित्र बाहिर खेलमा साकेला आधारभूत विद्यालयका मनोज कटवाल प्रथम, पञ्चकन्या आधारभूत विद्यालय सुर्केमा अध्ययनरत छात्रा सोफिया खत्री र पञ्चकन्या आधारभूत विद्यालय मात्तिममा अध्ययनरत छात्रा मुना राई तृतीय भए भने कक्षा १–३ बीच सञ्चालन गरिएको बेलुन सेभ प्रतियोगितामा पञ्चकन्या आधारभूत विद्यालय सुर्केमा अध्ययनरत छात्र एकराज खत्री प्रथम, बालबालिका माविमा अध्ययनरत छात्र मिन कुमार चाहार दोश्रो र सरस्वती मावि मात्तिममा अध्ययनरत छात्र दिनेश राई तृतीय भए । कक्षा ६–८ बीच सञ्चालन गरिएको म्यूजिकल चेयर प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयका सुजन वि.क. प्रथम, साकेला माध्यमिक विद्यालयका अभिषेक राई द्धितीय र सिद्देश्वरी माध्यमिक विद्यालय खिदिमाका छात्रा शान्तिकला राई तृतीय भए ।
सबै विद्यामा सहभागि भई विजेता हुने विद्यार्थी र विद्यालय परिवारलाई गाउँपालिका प्रमुख रवि प्रकाश राईले पठन पाठन सँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु अब्बल भएको प्रति गौरव गर्नुहुँदै बधाई ज्ञापन गर्नुभएको छ । विजेता विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख राई सहित उपाध्यक्ष बिर्सिका राई, साकेला गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, साकेला माविका प्रधानाध्यापक शिवेन्द्र कुमार राई, सरस्वती माविका प्रधानाध्यापक शितल राई, सिद्देश्वरी माविका प्रधानाध्यापक युवराज कटवाल, बालबालिका माविका प्रधानाध्यापक कुमार ढकाल लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान