मंसिर ०६, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाबाट एक टोलि जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्प पीडित परिवारका लागि भौतिक श्रम-सहयोग गर्न जाजरकोट पुगेको छ । दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ३ छोरम्वुका वडाध्यक्ष भुपेन्द्र बस्नेतको नेतृत्वमा पालिका स्वास्थ्य शाखा अन्तर्गत हेलो डाक्टरका स्वास्थ्यकर्मी शुरेस प्रधान र वडा नं. ४ बतासे इजाराका समिर दंगाल गत ३ गते घरबाट हिडेर ४ गते भूकम्प पीडितको श्रम-सहयोगका लागि जाजरकोटको खलंगा पुगेका हुन ।

गाइघाट, लाहान, बुटवल लमही, सर्खेत हुदै ४ गते खलंगा पुगेर ५ गतेबाट भेरी नगरपालिका वडा नं. ३ पिपलडाँडामा उहाँहरुले एक घरका लागि अस्थायी आवास निर्माणका काममा जुटिरहनु भएको टोलिका संयोजक वडाध्यक्ष भुपेन्द्र बस्नेतले हलेसी एफएमलाई जानकारी दिनुभयो ।

हलेसी एफएम समाचार शाखाबाट आज विहान ६ वजे वडाध्यक्ष बस्नेतसँग सम्पर्क गर्न खोज्दा उहाँहरु कार्यास्थलमा पुगिसक्नुभएको थाहा भयो ।
हिजो शुरु गरिएको अस्थायी आवास घर आज अपरान्हसम्म निर्माण गरिसक्ने उहाँले बताउनुभयो ।
उहाँहरुलाई काममा सहयोग दिने थप जनशक्तिमा उदयपुर जिल्ला रोतामाइ गाउँपालिकाका भूतपूर्व शैनिक संघका कृष्णकुमार राई, त्रियुगा नगरपालिकाका दिनेश धामी, धिरेन धामी र राम धामी हुनुहुन्छ ।
‘यतिखेर धेरै जाडो महसुस गर्नु परेको छैन । यहाँको दर्दानक अवस्थाले हामीलाई यहाँ आएर पीडित परिवारका लागि भौतिक उपस्थितिमा केही श्रम-सहयोग गर्न पाउँदा आत्म सन्तुष्टि जागेको छ ।’– वडाध्यक्ष बस्नेतको कथन छ । उहाँका अनुसार खलंगाको भौगोलिक अवस्था निकै कमजोर देखिन्छ । यहाँका सबैघरहरु ध्वस्त भएकाछन् । भूकम्प पीडितका लागि जुटिरहेको सहयोग छिटो र पारदर्शीपूर्ण ढंगबाट पीडितको पहुँचमा पुराउन उहाँको माग छ ।
यस अगाडि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसीतुवाचुङ नगरपालिकाले आर्थिक सहयोग उपलव्ध गराइसकेका छन् । तर सोही ठाउँमा पुगेर भौतिक श्रमदान मार्फत सहयोग जुटाउने काममा भने हालसम्म खोटाङबाट दिप्रुङचुइचुम्मा गाउपालिका मात्र रहेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान