जेठ ०७, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकाको आपतकालिन स्वास्थ्य पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जूमा गोष्ठी दिक्तेलमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्वारा सन्चालित समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रम (CCBHP) को आर्थिक तथा प्राविधिक सहयोगमा दुवै पालिकाको आपतकालिन स्वास्थ्य पूर्वतयारी तथा प्रतिकार्य योजना (EHPRP) निर्माण भईरहेकोमा उक्त योजनालाई अन्तिम रूप दिन शुक्रवार कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशीको अध्यक्षता र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ऐसेलुखर्क गाउपालिकाको अध्यक्ष गिरेन्द्र वहादुर राई, दिक्तेल रुपाकोट मझुवागढीका उपप्रमुख विसन राई , स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देल, दुवै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारीहरु र रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो ।
जनस्वास्थ्य सेवा ऐन २०७५ अनुरुप हरेक स्थानीय तहले आफ्नो आफ्नो आपतकालिन स्वास्थ्य पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर लागू गर्नुपर्ने प्रावधान रहेको छ । उक्त प्रावधान अनुरूप कार्यक्रम संचालन भईरहेको दुई पालिकाको आपतकालिन स्वास्थ्य पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाका मन्त्रि छत्रकुमार बजिमयले बताउनुभयो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान