श्रावण १८, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ /
साकेला गाउँपालिकालाई वातावरणमैत्री हरित पालिका बनाउने अभियान अन्तर्गत पालिका कार्यालय, धार्मिकस्थल तथा विभिन्न सार्वजनिक स्थलहरुमा निरन्तर वृक्षारोपण गर्ने कार्य जारी राखिएको छ । सोही कार्य अनुरुप बुधबार वडा नं. २ को रतन्छास्थित साकेला पार्कमा करीव दुई सय विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
साकेला थान वरिपरी र साकेला पार्कभित्र पारिजात, अशोक, गुल्मर, कल्की जातका विरुवा रोपिएको छ । उक्त वृक्षारोपण अभियानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो । गाउँपालिकाले सडक किनारा, कार्यालय परिसर, वडा कार्यालयहरु, स्वास्थ्यसंस्था, विद्यालय, धार्मिकस्थलहरु, सार्वजनिकस्थलमा विभिन्न प्रजातिका मौसम अनुकूल विरुवा रोप्ने अभियान सञ्चालन गरिरहेको छ ।
गाउँपालिका प्रमुख रवि प्रकाश राई स्वयम् उपस्थित भएर वृक्षारोपण गर्ने अभियान सञ्चालन गरिरहनुभएको छ । गत वर्ष पनि गाउँपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका सात सय फूल तथा विरुवा रोपिएको पालिका अध्यक्ष राईले बताउनुभयो । पाँच वर्षको कार्यकालमा गाउँपालिकाभित्रका सडक किनारा, विद्यालय तथा कार्यालय परिसर, धार्मिकस्थलहरुमा २५ हजार विरुवा रोप्ने घोषणा गरे अनुसार निरन्तर वृक्षारोपण अभियान सञ्चालन भईरहेको उहाँको भनाई छ ।
यसैवर्ष साप्सुखोला–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ सडक किनारामा सात हजार विरुवा रोपिने अध्यक्ष राईले बताउनुभयो । मौसम र भूगोल सुहाउँदो लालिगुराँस, अशोक, निल्मर, गुल्मर, कल्की, पारिजात, क्रिशमस ट्रि लगायतका विरुवाहरु सडक किनारा, कार्यालय परिसर, बजारक्षेत्र, सार्जनिक क्षेत्रहरुमा भौगोलिक वनावट अनुसार हावापानी सुहाउँदो फलफूलजन्य र भू–क्षयलाई नियन्त्रण गर्ने जैविक प्रकृतिका विरुवा रोपिने उहाँको भनाई छ ।
साकेला गाउँपालिकाले सञ्चालन गरेको वृक्षारोपण अभियान अत्यन्तै राम्रो भएको स्थानीयवासीहरु बताउँछन् । रतन्छाका स्थानीयवासी सन्तराज राईले गाउँपालिकाले विभिन्न प्रजातिका विरुवाहरु उपलब्ध गराएको प्रति आभार व्यक्त गर्दै विभिन्न विकासका गतिविधिहरुमा गाउँपालिकाले सञ्चालन गर्ने श्रमदान अभियानमा आफूहरुको निरन्तर साथ र सहयोग हुने बताउनुभयो । वृक्षारोपण अभियानमा सहभागि बन्नुभएका पर्वत राईले रोपिएका विरुवाको संरक्षण गर्ने दायित्व आफूहरुकै भएको बताउनुभयो । साकेला पार्कभित्र रोपिएका विरुवाहरुको रेखदेख र गोडमेल गर्ने जिम्मा स्थानीयहरुको भएको बताउनुहुँदै अभियानमा सहभागि सुब्बा राईले रोपिएका विरुवाको जगेर्नामा स्थानीय तथा वडा सरकार र नागरिकको उत्तिकै भूमिका रहेको बताउनुभयो । वृक्षारोपणमा सहभागि सुमन राईले रोपिएको विरुवाको संरक्षण स्थानीयहरु मिलेर गरिने बताउनुभयो ।
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !