पौष ०१, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
पहिचानको आन्दोलनमा यातायात बन्द गर्दा गत मंसिर २६ गते प्रहरीद्धारा समातिएका पहिचानपक्षका अभियन्ता तथा पूर्व मन्त्रि गोपाल किराती लगायत अन्य बन्दिहरु आज रिहाइ भएकाछन् ।
पूर्व मन्त्री एवं पहिचान आन्दोलनका अभियन्ता गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, वाईसीएलका विजय राई र नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका महासचिव उदिम चाम्लिङलाई प्रहरीले मंसिर २६ गते पक्राउ गरेको थियो ।
नेकपा (एमाले)ले शुरू गरेको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को प्रतिरोधमा प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि अनिश्चितकालीन घुर्मी (उदयपुर)–लेगुवाघाट (धनकुटा) सडक बन्द आह्वान गरेका थिए । सोही बन्द सफल बनाउन हिंडेका किराती सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समितिले उहाँहरुको रिहाइका लागि दवावमूलक कार्यक्रम राखिरहदा आज थप आठजना पहिचान पक्षिधरहरु पनि समातिएका थिए ।
दवावमूलक कार्यक्रम स्वरुप सडक बन्द गरिरहेको अवस्थामा प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किराँती, युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राई, जनता समाजवादी पार्टी खोटाङका सचिव सुनिल राई, संघर्ष समितिका सदस्य संगिता राई, मेलिना राई, लक्ष्मि राई, उपार्जन राइ, सोनामहाङ राईलाई किराँतचोक दिक्तेलबाट आज अपरान्ह प्रहरीले समातेका थिए । उहाँहरु सबैलाई आजै विनाशर्त रिहाई गरिएको थाहा भएको छ ।
वेलुकी रिहाइ भएपछि पहिचानको पक्षमा नाराजुलुसुसँगै पहिचान पक्षिधरहरु फर्किएका थिए ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान