मंसिर २७, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
नेकपा एमालेद्धारा गरिएको ‘ झुलाघाट- चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा कोशी प्रदेश प्रवेशसँगै पहिचान पक्षीधरलाई प्रहरीद्धारा दमनको शैलीमा धरपकड गरेकोमा जिल्लास्थित राजनैतिक दलहरुले चिन्ता व्यक्त गरेकाछन् । लोकतन्त्रमा कसैको विरोध र समर्थन गरिनु स्वभाविक भएको भन्दै शान्तिपूर्ण विरोध समेत गर्न नपाइने गरी प्रहरी प्रशासनले आतंकित बनाउदै पहिचान पक्षिधरहरुलाई घरघरमा खोजि खोजी नियन्त्रणमा लिएको प्रति राजनैतिक दलहरुले चिन्ता व्यक्त गरेका हुन ।
नेकपा माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले यसप्रति निन्दा व्यक्त गर्नु भएको छ । उहाँहरुको शिघ्र रिहाइ हुनुपर्ने उहाँको धारणा छ । त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईले पनि यो लोकतान्त्रिक व्यवस्थाको हुर्मत लिने काम भएको भन्दै प्रहरी दमनको निन्दा गर्नुभएको छ । यस सम्बन्धमा जिल्ला स्थित राजनैतिक दलहरुले चाँडै छलफल गरिने भन्नुभयो । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पिके खम्वुले पनि यस्तो कार्यको विरोध जनाउनुभयो ।
पूर्व मन्त्री एवं पहिचान आन्दोलनका अभियन्ता गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, वाईसीएलका विजय राई र नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका महासचिव उदिम चाम्लिङलाई प्रहरीले पक्राउ गरेको हो ।
किरातीलाई हलेसीको ऐंसेलुखर्कबाट, चाम्लिङलाई नुनथला र अन्यलाई हलेसीबाट पक्राउ गरिएको थाहा भएको छ ।
प्रहरी प्रशासनको यस्तो कार्यको घोर विरोध जनाउदै उहाँहरुको शिघ्र रिहाइका लागि ‘ प्रदेश नं. १ पुननामांकन संयुक्त संघर्ष समिति’ ले अपिल गरिसकेको छ । जिल्ला स्थित राजनैतिक दलहरुबाट पनि निःशर्त उहाँहरुको रिहाइ गरिनुपर्ने धारणा व्यक्त भएको छ ।
हलेसीन्युजडेस्क,खोटाङ । जेष्ठ ३१, शनिवार / महुली लघुवित्त वित्तीय संस्था...
हलेसीन्युजडेस्क,खोटाङ/ जेठ २५, सोमवार । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४...
हलेसीन्युजडेस्क, खोटाङ / जेष्ठ १६, शनिवार । नेपाली कांग्रेसले देशव्यापि...
“योगश्चित्तवृत्तिनिरोधः”(योगसूत्र) अर्थात् योग भनेको चित्तका चञ्चल वृत्तिहरूलाई रोक्नु हो ।...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख २१, सोमवार /सुनसरीको तरहरामा आयोजित दोस्रो...
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान