चैत्र ०४, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
सुख्खा मौसम तथा गर्मी यामको आगमनसँगै खोटाङस्थित सामुदायिक रेडियो हलेसी एफएमले हरेक दिन आगजन्य सामाग्रीहरुको प्रयोगमा सावधानी अपनाउन साथै वनजंगलमा डढेलो लाग्ने सम्भावनालाई रोक्न विविध सचेतनामूलक शन्देसहरु प्रशारण गर्दै आइरहेको छ । यध्यपि दिनदिनै रेडियोले खोटाङ जिल्लाका बिभिन्न ठाउमा आगलागीका घटनाहरुबाट लाखौँको क्षतिका दुःखद समाचारहरु प्रशारण गर्नु परिहेकै छ ।
हिजो शनिबार डिभिजन वन कार्यालय खोटाङले शुरु गरेको अग्नि नियन्त्रण सम्बन्धि सप्ताह कार्यक्रम अन्तरगत सुरक्षाकर्मीहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त डेमो प्रस्तुत गर्दै गर्दा जिल्लाका धेरै स्थानीय तहमा आगोलागीको घटना भएको छ ।
खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त डेमो प्रस्तुत



प्रहरीका अनुसार शनिबार खोटाङको हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुर्खक गाउँपालिकाको सामुदायिक बनबाट आगो लाग्दा लाखौको क्षेति भएको छ । ऐसेलुर्खक गाउँपालिका–६ ज्यामिरेको तल्लो सल्लेस्थित सतिदेवी र खेमकाजी सामुदायिक वनको वीचमा लागेको डढेलोले स्थानीय खुजप्रसाद फुयालको तीनतले घर, घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, कागजपत्र, १५ वटा कुखुरा जलेर नष्ट भएको छ भने युवराज राईको गाईगोठ, भाडाकुडा, काटेर राखेको काठ, जस्तापाता जलेर नष्ट भएको र बुद्धिनाथ लम्सालको खरको छानो भएको तीनतले घर, घरभित्र रहेकोे भाडाकुडा, लत्ताकपडा, ६० वटा बाख्रासहितको फर्म जलेको ऐसेलुर्खक गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुनिल रार्ईले जानकारी दिनु भएको छ ।
यस्तै हिजो नै हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको चौतारा सामुदायिक वनमा लागेको डढेलोले स्थानीय गजेन्द्र राईको गोठ, दुधकोशी जलाशय हाइड्रोपावरको १० ड्रम डिजेल, सोही ठाउँका ज्ञानीमाया राईको दुई तले घर, एक थाँक्रो मकै, १० मुरी धान, दाल, गहत र कोदो गरेर ५ मुरी, कुखुरा १० वटा, ६० थान चिरेर मतानमा राखेको काठ, बाँधेर राखेको तीनवटा बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
यस्तै, डढेलोबाट धितुङकै देब राज रार्ईको गोठ र गोठमा राखिएको अन्नपात ८ मुरी मकै, ५० थान काठ, ४ वटा खसी, १ वटा बाख्रा, ६ वटा पाठापाठी, जलेर नष्ट भएको वडाध्यक्ष टेक राज रार्ईले जानकारी दिनु भयो । उहाँ भन्नुहुन्छ–‘सुख्खा मौसममा बढ्ने आगलागीको कारण वर्षेनी धनजनको ठूलो क्षति हुदै आएको छ । आगलागीले धनजनको क्षतिमात्र होइन्, वायु प्रदूषणपनि उत्तिकै बढिरहेको छ । अखिरी आगलागी , डढेला आफै हुने होइन, मानिसकै असावधानीबाट हुने हो । यतिका क्षति खेप्नुभन्दा सबैले आगजन्य सामाग्रीहरु प्रयोग गर्दा सावधानी अपनाए हुने हो ।’ उहाँ प्रश्न तेस्र्याउनुहुन्छ–‘ किन मानिस आफैँले जोखिम निम्त्याउन चाहन्छन् ?’
वडाध्यक्ष राई सुख्खा मौसममा मानिसहरुले वनजंगल, भिरपाखा, घाँसे मैदान तथा खरबारीमा विभिन्न निहुँमा जानी–जानी आगो लगाउने र हावाहुरी वा बतासका कारण अनियन्त्रित भई मानववस्ती तथा वन्यजन्तुलाई ठूलो नोक्सानी पु¥याउने गरेको कारण सबैलार्ई सचेत रहन आग्रह दोहो-याउनुहुन्छ ।
प्रहरीका अनुसार अहिलेसम्म भएको डढेलो तथा आगलागीमा चौपाया तथा भौतिक क्षति भएपनि जिल्लामा मानवीय क्षति भने भएको छैन ।
आगलागी तथा डढेलोका कारण क्षति ग्रस्त घटनाहरु




हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान