जेठ ०५, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा बाख्रापालन तथा व्यवस्थापना सम्बन्धि पाँच दिने तालिम सम्पन्न भएको छ । पशुसेवा तालिमकेन्द्र दुहवी सुनसरीको आयोजना तथा वडा नम्बर ७ दोर्पा चिउरीडाँडाको सहआयोजनामा जेठ १ देखि ५ गतेसम्म तालिम सञ्चालन गरिएको हो ।
तालिममा बाख्राको उन्नत जात, बाख्रामा लाग्ने रोगहरु साथै जोखिम न्यूनिकरणको लागि पशुपंक्षीको वीमा लगायतको विषयमा ५१ जनालार्ई प्रशिक्षण दिइएको वडा नंः ७ का वडाध्यक्ष हरिप्रसाद चौलागार्ईले हलेसी एफएमलार्ई बताउनुभएको छ । उहाँका अनुसार दोर्पाका स्थानीय व्यावसायिक बाख्रापालक कृषकहरुका आवश्यकता र मागको आधारमा बजारको व्यवस्थापन, प्राविधिक स्तरबाट बाख्रापालन सम्बन्धिका योजनाहरुलाई परिणाममुखी बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो ।
तालिममा सहभागी हुनुभएका वडा नं. ७ चिउरिडाडा, आहालेका बाख्रा पालक थानवीर रार्ईको भनाई छ–‘युवाहरूलाई पशुपालन र कृषिमा आकर्षित गर्न र टिकाउन सरकार उदासीन जस्तै छ, यस तर्फ सरोकारवालाको ध्यान जानु जरुरी छ ।’ यो तालिमले आफूलार्ई निकै ठुलो सहयोग गरेको उहाँ बताउनुहुन्छ । रार्ईको अहिले ४१ वटा बाख्राहरु रहेको पनि बताउनु भयो । यस्तै तालिममा सहभागी अर्का स्थानीय कृषक पदम हिङमाङ यो तालिमले कृषकहरुलार्ई बाख्रा पालन व्यवसायका सम्बन्धमा थप कुरा सिकाएको बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ–‘राज्यले प्रदान गर्ने कृषि ऋण र अनुदान वास्तविक किसानलाई भन्दा सरकारमा रहेका नेताका आसेपासेले कागजी प्रकृया पूरा गरेर खाने गरेको पाइन्छ । यसलाई परिवर्तन नगरी हुन्न ।’ यस्ता कुराहरुबाट आफु असन्तुष्ट रहेको बेला निकै नै लाभदायक तालिम आफ्नै गाउँठाउमा सञ्चालन हुँदा भित्रैदेखि आफू निकै खुशी भएको उहाँले बताउनुभयो ।
प्रशिक्षण तालिमको सहजिकरण बिराटनगरबाट आउनुभएका फडिन्द्र प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
योजना अनुगमनको सिलसिलामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई पनि जेष्ठ ४ गते तालिम स्थलमा आएर अवलोकन गर्नुभएको वडाध्यक्ष चौलागाईले बताउनुभयो । उहाँले अवलोकनकै सिलसिलामा कृषकहितका अन्य आधारभूत तालिमहरु आगामी दिन पनि नगरपालिकाका तर्फबाट राखिने प्रतिवद्धता व्यक्त गर्नुभएको जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान