कार्तिक २२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षक मेघराज धमलाको दुःखद निधनमा शोक प्रकट गरेको छ । दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका शिक्षक धमलाको हृदयघातका कारण अकस्मात विरामी भै काठमाण्डौँस्थित शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गर्दागर्दै बुधवार निधन भएकोमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आज शोक वक्तव्य मार्फत कात्तिक २३ गते स्वर्गीय धमलाको स्मृतिमा नगर कार्यपालिकाको कार्यालयमा झण्डा आधा झुकाउने तथा नगरपालिकाभित्रका सम्पूर्ण विध्यालयहरुले विध्यालय खुलेको दिन शोकधुन सहित एक मिनेट मौन धारण गर्न अनुरोध गरेको छ ।
नगर प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरेद्धारा आज हस्ताक्षरित शोक वक्तव्यमा शिक्षक मेघराज धमलाले शिक्षण पेशामा रहेर अनुशासित, मर्यादित र कर्तव्यनिष्ट असल शिक्षकको भूमिका निर्वाह गर्नुभएको भन्दै उहाँको दुखद एवं अकल्पनीय निधनले नगरपालिका परिवार स्तव्ध एवं मर्माहत भएको उल्लेख छ ।
शोक वक्तव्यमा भनिएको छ–‘यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै शोकसन्तप्त परिवारजन र आफन्तजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी गहिरो समवेदना व्यक्त गर्दछौ ।’
भाइटिका मान्न प्रअ धमला काठमाण्डौँ गएर बुधवार जिल्ला फर्कने क्रममा बाटैमा अकस्मात छाती दुखेको कारण गम्भिर विरामी भएको हुँदा उपचारका लागि काठमाण्डौँस्थित शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पुराउँदा अस्पतालले मृत घोषणा गरेको पारिवारिक श्रोतबाट थाहा भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ३९ वर्षीय स्वर्गीय धमलाको श्रीमती र दुइ छोरी रहेका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !