चैत्र २०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सहितको दुईदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आई हस्पिटल इटहरी–४ सुनसरीको संयुक्त आयोजनामा आगामी चैत्र २८ गते बुधबार र २९ गते बिहीबार दुर्ईदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने दृष्टि विशेषज्ञ राकेश थापाले जानकारी दिनुभएको छ ।
आँखा मानव शरीरको अत्यन्त महत्वपूर्ण अङ्ग मानिन्छ । उमेर बित्दै गएपछि उमेरजन्य कारण वा अन्य विभिन्न रोगका कारण आँखामा मोतिया विन्दुको समस्या आउने गर्छ । यही समस्यालाई मध्येनजर गर्दै बिरामीहरूको आँखा सम्बन्धि विभिन्न रोगहरुको पहिचान गरी सहज र निःशुल्क उपचार गर्ने हेतुले दिक्तेलस्थित फेमिली केयर हस्पिटलमा चैत्र २८ र २९ गते विहान ९ः०० बजे देखि बेलुका ४ः०० बजे सम्म आँखा जाँच तथा निःशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डा. विजय गौतमद्वारा आँखाको निःशुल्क शल्यकृया गराइने जनाइएको छ ।
आँखा शिविरका लागि निःशुल्क नाम दर्ता, निःशुल्क आँखा जाँच तथा चश्मा जाँच गरिने, आँखाका विरामीहरूलाई निःशुल्क औषधि वितरण गरिने, अप्रेशन पछि निःशुल्क औषधि तथा कालो चस्मा उपलब्ध गराइने आयोजकले जनाएको छ । यसैगरी शल्यकृया गर्न नपर्ने तर आँखा कमजोर हुनेहरुका लागि पनि सहुलियत दर (२०%छुट) मा चस्मा उपलब्ध गराइने जनाइएको छ ।
निःशुल्क आँखा शिविर सञ्चालन हुने भएकाले आँखाका रोगीहरूले निःशुल्क आँखा जाँच तथा शल्यकृया शिविरलाई अवसरको रुपमा सदुपयोग गर्न आयोजकले आग्रह गरेको छ ।

हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान