भदौ ०३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आदर्शटोलकी सुत्केरी आमा तथा नवजात शिसुका लागि स्थानीय एकता स्वास्थ्य आमा समूहले पोषिलो खाध्य सामाग्रीका कोशेली सहित सुत्केरी भेटघाट गरेको छ । वडा नं. १ को एकता स्वास्थ्य आमा समूहले भाद्र २ गते आइतवार सोही वडास्थित आदर्शटोल निवासी सुवास ढकाल र प्रतिक्षा ढकालको दोश्रो सन्तानका रुपमा छोरी जन्मेको अवसर पारेर सुत्केरी आमा तथा नवजात शिसुका लागि पौष्टिक खाध्य सामाग्रीको कोशेली सहित भेटघाट कार्यक्रम गरेको हो ।
एकता स्वास्थ्य आमा समूहसँग आवद्ध महिलादिदी बहिनीहरुले सुत्केरीको घरमा पुगेर आमा तथा नवजात शिसुका लागि अण्डा, घिउ, चामल, फलफूल, गेडागुडी, हरिया सागसव्जी, फर्सी, ज्वानो लगायत शिसुका लागि कपडाको कोशेली प्रदान गरिएको आमा समूहकी अध्यक्ष मिना देवी पाण्डेले हलेसी एफएमलाई बताउनुभयो ।
सो भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीकी गिता बस्नेतले पोषण, खोप, सरसफाई लगायत शिसुको हेरचाहका वारेमा सचेतना कक्षा सञ्चालन गर्नु भएको थियो । उहाँका अनुसार सुत्केरी आमाले पोषणयुक्त खाध्य सामाग्रीहरुको प्रयोग गर्नुपर्छ । जंकफुडको प्रयोगबाट बच्नुपर्छ । बच्चालाई १३ वटा पूरा खोप लगाउन छुटाउनु हुुन्न । साथै सुत्केरी अवस्थामा वच्चा तथा आमाको सरसफाईमा अत्यधिक ध्यान पुराउनुपर्छ भन्ने सचेतनामूलक शन्देसका साथ खाध्य सामाग्रीको कोशेली सहित सुत्केरी भेट कार्यक्रमको आयोजना गरिएको गिता बस्नेतले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न आमा समूहहरुले अन्य वडाहरुमा समेत सचेतनामूलक शन्देसका साथ विगतदेखि नै सुत्केरी भेटघाट कार्यक्रमलाई निरन्तरता दिई आइरहेको छ ।
[यो पनि-दिक्तेल डाँडाछापकी सुत्केरी आमा तथा नवजात शिसुलाई आमा समूहद्धारा पौष्टिक खाध्य सामाग्री प्रदान ]
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान