असार ०६, २०८० , Barahapokhari RUM
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लाको बाराहापोखरी गाउँपालिकाले आठजना कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले मंगलवार एक कार्यक्रमका वीच पालिकाभित्रका आठ कृषकहरुलाई पचास प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको पालिका अध्यक्ष शालिकराम वञ्जाराले जानकारी दिनुभयो ।
नेपाल सरकार र पालिकाको कृषि तथा पशुपञ्छि शिर्षकको सर्शत अनुदानबाट गाउपालिकाले मकैबाली पकेट, तरकारी बाली पकेट बिकास कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो ।
कृषकहरुलार्ई सहज ढंगले जोत्ने खन्ने काममा प्रयोग गर्न सघाउ पुर्याउने ध्येयले हाते ट्याक्टर उपलव्ध गराइएको पालिकाका कृषि शाखा प्रमुख द्रोणराज रेग्मी बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ -‘ हाते ट्याक्टरले तरकारी खेतीका लागि माटो सारै राम्ररी फुकाएर जोत्छ । कृषि क्षेत्रलाई परम्परागत कृषि प्रणालीबाट बदलेर समय सुहाउँदो यन्त्रिकिकरण र व्यवसायिकरण नगरी उपाय छैन । कम मानव जनशक्तिले धेरै कषि कर्म गर्नका लागि आधुनिक कृषि औजारसँग किसानलाई जोड्ने गाउँपलिकाको उद्धेश्य रहेको छ ।’
गाउपालिकाले गत फागुन १४ गते हाते ट्याक्टरका लागि एक सुचना जारि गरेर कृषकहरुलाई निवेदनका लागि आह्वान गरेको थियो । सूचना अनुसार निवेदन दिने कृषक वा कृषक समूहका लागि गत जेष्ठ २३ गते अर्को सूचना जारी गर्दै कषि औजारका लागि लाग्ने रकम रु ७२ हजारमा प्राप्त हुने पचास प्रतिशत अनुदान कटाएर बाँकी रकम रु ३६ हजार तोकिएको खातामा जम्मा गरी जेष्ठ २८ गतेसम्म भौचर बुझाउन अनुरोध गरेको थियो ।
गाउँपालिकाले चालिस जना कृषकहरुलाई पचास प्रतिशत अनुदानमा हातेट्याक्टर बितरण गर्ने लक्ष्य राखे पनि जम्मा आठ जना कृषकहरुले मात्र रकम जम्मा गरेको कारण उनीहरुले मात्र हाते ट्याक्टर प्राप्त गरेको पालिका श्रोतले जनाएको छ । यसरी पचास प्रतिशत अनुदानमा हातेट्याक्टर प्राप्त गर्नेहरुमा वडा नं. ४ फाक्टाङका दिलन राई, सिताराज राई, वमबहादुर राई, सुवासचन्द्र राई, पेशलमान श्रेष्ठ, टंकनारायण श्रेष्ठ हुनुहुन्छ । त्यस्तै वडा नं. २ सुन्तलेका कृष्ण वञ्जारा र दलबहादुर दाहालले पनि पचास प्रतिशत छुट अनुदानमा हातेट्याक्टर प्राप्त गरेका कृषि शाखा प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
वितरण कार्यक्रममा बाराहापोखरी गाउपालिका अध्यक्ष शालिकराम बन्जारा, प्रमुख प्रशाकीय अधिकृत विकेन पौडेल, वडाध्यक्षहरु, स्थानीय जनप्रतिनिधि लगायत स्थानीय कृषकहरुको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान