फागुन २०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङ चुइचुम्मा गउँपालिकामा आगामी चैत्र २९ र ३० गते खुल्ला राष्ट्रव्यापि कविता प्रतियोगिताको आयोजना गरिने भएको छ । दिप्रुङचुईचुम्मा गाउँपालिकाका सर्जक श्रष्टाहरुको पहलमा गठन भएको दिप्रुङचुइचुम्मा प्राज्ञ समाजद्धारा गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आगामी चैत्र २९ र ३० गते गाउँपालिकाको सभाहलमा खुल्ला राष्ट्रव्यापि कविता प्रतियोगिताको आयोजना गरिने भएको हो ।
प्राज्ञ समाजले प्रतियोगितामा समावेश हुने कविताहरु मौलिक, अप्रकाशित, अप्रशारित र यसभन्दा अगाडि कुनै प्रतियोगितामा समावेश नभएको हुनुपर्ने जनाएको छ । छन्दवद्ध या छन्दमुक्त दुवै खालका कविताहरु प्रतियोगितामा समाविष्ट गरिने समाजले जनाएको छ । रचनाहरु चैत्र ५ गते भित्र आयोजकलाई उपलव्ध गराउँन भनिएको छ ।
आयोजकलाई प्राप्त रचनाहरु प्रतियोगितामा सहभागी गराउनका लागि छनौट गरिने र चैत्र १५ गते सूचना प्रशारण गरी छनौट भएका कविताहरुको जानकारी गराइने आयोजकको भनाइ छ ।
प्रतियोगितामा प्रथम विजयी रचनालाई रु ३० हजार, द्धितिय पुरस्कृत रचनालाई २० हजार, तृतीय पुरस्कृत रचनालाई १० हजार र सान्त्वोना घोषित दुई रचनाहरुलाई रु ५/५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने दिप्रुङचुइचुम्मा प्राज्ञ समाजका अध्यक्ष नरेन्द्र निर्विकारले हलेसी एफएमलाई जानकारी गराउनु भएको छ । उहाँका अनुसार छनौटमा परेका सबै कविताहरुका लागि स्रष्टाहरुलाई प्रशंसापत्र प्रदान गरिनेछ ।
सहभागी कविहरुका लागि खाना तथा आवासको व्यवस्थापन आयोजकको तर्फबाट हुने थाहा भएको छ ।
थप जानकारी
रचना का लागि ईमेल ठेगाना—[email protected]
ह्वाट्सअप—9862978405
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान