चैत्र ०४, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘क्षयरोग मुक्त नेपाल अभियान’ सफल गराउन पालिकास्तरीय समिति गठन गरेको छ । आज बसेको नगर कार्य पालिकाको बैठकबाट क्षयरोगमुक्त नेपाल अभियान सफल गराउन नगरप्रमुख तीर्थराज भट्टराईको संयोजकत्वमा पालिका स्तरीय समिति गठन गरिएको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनु भएको छ ।

नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउन क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत सञ्चालन निर्देशिका बमोजिम पालिका स्तरीय समिति गठन गरिएको हो । जसमा क्षयरोग मुक्त पालिका निर्माण गर्ने अभियान अन्तर्गत नगरप्रमुख संयोजक, नगरउपप्रमुख सहसंयोजक र समितिका सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाको १ देखि १५ वडाका अध्यक्षहरु प्रधानाध्यापक, शिक्षा शाखा प्रमुख, गैसस प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका यशोदा आचार्य, स्वास्थ्य शाखा प्रमुख रहने जनाइएको छ ।
यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ देखि १५ वटै वडामा वडास्तरीय समिति गठन तथा सुक्ष्म योजना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ । यसका लागि पालिकास्तरीय समिति र स्वास्थ्य शाखाले वडाहरुसँग समन्वय गरी योजना बनाउनुपर्नेछ ।
वडा समितिहरुका लागि वडामा कार्यरत महिला स्वायंम सेविकाहरुलार्ई पहिलो प्रथामिक्ता दिदै र स्वायं सेविकाबाट सम्भब नभएको खण्डमा वडा स्तरीय समितिले तोकेको ब्यक्तिलार्ई वडा स्तरीय स्वयं सेवक छनोट गर्ने निर्णय गरिएको नगर प्रमुख तीर्थराज भट्टरार्ईले बताउनु भयो ।
उहाँले क्षयरोग निर्मुलनका लागि गैरसरकारी संस्था, समुदाय, सञ्चार क्षेत्रको साझेदारी आवश्यक छ भन्नुहुँदै समाजमा विभेदको स्थितिको अन्त्यका लागि सामाजिक जागरण पनि चाहिने धारणा राख्नुभयो ।
‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत नगरपालिकामा नगर स्तरीय समिति गठन गर्ने, वडास्तरीय समिति गठन गर्ने, स्वयंसेवक छनोट गर्ने, क्षयरोग लागेका ब्यक्तिको सुक्ष्म अध्ययन गरी उपचारको दायरामा ल्याउने गरी निर्णयहरु भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार रार्ईले बताउनु भयो ।
उहाँले क्षयरोग निवारणसँगै रोग लाग्नै नदिने गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको, हरेक अभियानमा सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै यसैका लागि पालिका तथा वडास्तरीय समितिहरु गठन गर्नु परेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख तीर्थराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार रार्ई, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सुरेन्द्र बुढाथोकी, वडा नम्बर १२ का वडाध्यक्ष दान बहादुर रार्ई, वडा नम्बर ५ वडा अध्यक्ष दिनेश कुमार घिमिरे, १ नम्बर वडाका वडाध्यक्ष नवराज रार्ई, वडा नं.२ का वडाध्यक्ष ध्रुवबिक्रम रार्ई, वडा नं. ६ का वडाध्यक्ष माधव राई, वडा नं.१० का वडाध्यक्ष मुगाधन रार्ई, वडा नं. १५ का वडाध्यक्ष राम बहादुर कटुवाल, वडा नं. १३ का वडाध्यक्ष भगेश्वर रार्ई, सरस्वती आधारभूत बिध्यालका प्र.अ मेघराज धमला, शिक्षक रोशनप्रसाद ढकाल, लेखा संयोजक नानीराम आचार्य, प्रा.स. प्रेम बहादुर के.सी, सि.अहेव तुलसी गुरागाई, महिला स्वास्थ्य स्वयंसेविका यशोदा आचार्य लगायतको सहभागिता रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान