असार ०७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा निर्धारित समय अगाडि नै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । जिल्लाभित्र मध्यपहाडी लोकमार्गमा पर्ने दुई वटा पुल समय अगावै निर्माण गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको हो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डको भालुखोला र छेपेखोलामा निर्माण कार्यको लागि निर्धारित समयसिमाभन्दा एक महिना अगाडि नै पुल निर्माण गर्ने केएम इन्जिनियर्स विल्डर्सका प्रवन्ध निर्देशक मोहन कार्कीलाई जिल्ला समन्वय समिति खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा शुक्रवार एक कार्यक्रमका वीच सम्मान गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा केएम इन्जिनियर्स विल्डर्सका प्रवन्ध निर्देशक मोहन कार्कीलाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायतले टोपी र फूलमाला लगाइदिएर सम्मान–पत्र प्रदान गर्नुभएको छ ।
जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा निर्माण व्यवसायीलाई सम्मान गरिएको हो । केएम इन्जिनियर्स विल्डर्सले २०८१ असार २२ गतेसम्ममा सक्नेगरी २०७९ असार २२ गते पुल निर्माण गर्ने सम्झौता गरेको थियो । भालुखोला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ सोल्मा र छेपेखोला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा पर्छ ।
धेरै निर्माण व्यवसायीहरुबाट जिल्ला भित्रका आयोजनाहरु समयमा सम्पन्न हुन नसकी अलपत्र भैरहेको कारण जिल्लावासीहरुमा नैराश्यता छाइरहेको वेला केएम इन्जिनियर्स विल्डर्सले समय अगावै काम सम्पन्न गरी थप उत्साह जगाएको हुँदा त्यस्ता निर्माण कम्पनीलाई जनस्तरबाट सम्मान गर्दै सकारात्मक सन्देश प्रवाह होस भनी सम्मान गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख राई बताउनुहुन्छ ।
यता नगरप्रमुख भट्टराई भन्नुहुन्छ–‘ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि सिफारिस गरेको नगरपालिकाले समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई भने सम्मान गरेको छ । समय अगावै काम सम्पन्न गर्ने केएम इन्जिनियर्स विल्डर्सलाई सम्मान गरेर इमान्दारिताका साथ काम गर्ने व्यक्ति या संस्थालाई प्रोत्साहन र सम्मान गर्नु पर्दछ भने कामप्रति बेइमान गर्ने संस्था या व्यक्ति दण्डित हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न चाहेका हौँ ।’
यस अगाडि नगरपालिकाले नगरभित्रका सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गर्नेदेखि त्यस्ता व्यवसायीहरुको मेसिनमा ताल्चा समेत लगाएको छ ।
[ यो पनि-सबै निर्माणका कामहरु यस्तै भैदिए.........! }
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान