कार्तिक २८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेलागाँउपालिकामा फुटबल प्रतियोगिता–२०८१ आयोजना गरिने भएको छ । गाउँपालिकाको वडा नं. ४ मात्तिम खेलकुद समितिद्धारा आयोजित “खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’’ भन्ने मूल नाराका साथ अन्तर वडास्तरीय खुला पुरुष (9A-Side) फुटवल प्रतियोगिता २०८१ साल मंसिर २३ गते देखि ३० गते सम्म सञ्चालन गरिने मात्तिम खेलकुद समितिका सचिव बबिन कटवालले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ ।
अन्तर वडास्तरीय खुला पुरुष फुटवल प्रतियोगितामा खेलाडीहरु एक टिममा ४ जना अतिरिक्त खेलाडी र प्रशिक्षक तथा १ अफिसियल म्यानेजर सहित १५ जना हुनुपर्ने र बढीमा २ जना जुनसुकै जिल्लाको सहभागी गराउन पाइने आयोजकले जानकारी दिएको छ ।
यस्तै खेलमा कुनै खेलाडी र टिममा विवाद आएमा आयोजक र रेफ्रीको निर्णय अन्तिम निर्णय हुने भएको छ । खेलाडीले गाँस तथा आवासको व्यवस्था आफै गर्नपर्ने, खेलाडी अन्य वडाको भएको जानकारी भएमा विपक्ष टिमले खेल शुरु हुनुभन्दा अगाडी नै रू. ५ हजार शुल्क सहित निवेदन (प्रोटेष्ट) हाल्नुपर्ने, खेलको क्रममा खेलाडीले रेड कार्ड पाएमा रु. १ हजार र पहिलो कार्ड पाएमा रु. ५ सय जरिवाना हुने र सो रकम खेल अगावै अनिवार्य रुपमा रु.२ हजार ५ सय डिपोजिट गर्नु पर्ने खेल संयोजक बुद्धिवोल रार्ईले बताउनुभयो ।
खेलमा खेलाडीले आफ्नो वडाको परिचय खुल्ने नेपाली नागरिकताको प्रतिलिपि साथमा पेश गर्नुपर्ने, खेल अवधिमा कुनै प्रकारको चोटपटक लागेमा प्राथमिक उपचार बाहेक अन्य अवश्थामा स्वयं खेलाडी जिम्मेवार हुनुपर्ने र खेल नक आउटको आधारमा खेलाईने भएको छ ।
फुटवल खेलमा सहभागी हुन चाहने खेलाडीहरुले रु.५ हजार ५ सय ५५ रुपैयाँ दर्ता शुल्क बुझाएर टिम दर्ता गराउन सक्नेछन । इच्छुक खेलाडीहरुले टिम दर्ता २०८१ साल मंसिर १० गते देखि २० गते सम्म गरिसक्नु पर्नेछ । साथै खेल तालिका मंसिर २१ गते सार्वजनिक गरिने भएको छ ।
फुटबल प्रतियोगिताका प्रथम, द्धितीय र तृतिय हुने बिजेताहरुलार्ई क्रमशः रु. १ लाख ५ हजार ५ सय ५५ रुपैँया, रु.५५ हजार ५ सय ५५ रुपैँया र रु.३५ हजार ५ सय ५५ रुपैँयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
खेलमा उत्कृष्ट बेष्ट किपर, बेष्ट मिट फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट फर्वाड, बेष्ट प्रशिक्षक, हार्ईस्कोर र सर्वोत्कृष्ट खेलाडीहरुलार्ई रु.२ हजार ५ सयका दरले जनही नगद पुरस्कारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । खेल साकेला गाउँपालिका वडा नं. ४ नौलाखर्कस्थित खेलमैदानमा सञ्चालन गरिने भएको छ ।
थप जानकारीका लागि
अध्यक्ष-नारायण राई सम्पर्क नं. ९८६९४९२९३३
खेल संयोजक–बुद्धिवोल राई सम्पर्क नं. ९८१२३०९९०२/ ९७४१८६९२०३
सचिव–बबिन कटवाल सम्पर्क नं. ९८४१३४९१२९
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान