आश्विन २४, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नजिकिँदै गरेको चाडवाडलाई लक्षित गरि गाउँपालिकाले बैंकसँगको सहकार्यमा हरेक वडा–वडामा पुगेर भत्ता वितरण सुरु गरेको हो ।
साकेला गाउँपालिकामा नेपाल एसबिआई बैंकले भत्ता वितरणको जिम्मा लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता मंगलबारबाट वितरण गर्न सुरु गरेको हो ।
उक्त दिन वडा नम्बर-२ को रतन्छामा भुक्तानी शिविर मार्फत १३० जना लाभग्राहीको लागि १८ लाख ४९ हजार रुपैंया सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको गाउँपालिकास्थित सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो । बैंकको सेवा वडा-वडाबाटनै प्राप्त गर्दा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु उत्साहित बनेका छन् ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्नेक्रममा बुधबार ३ नम्बर वडा कार्यालय खिदिमाका लाभग्राहीका लागि वडा कार्यालयबाट भत्ता वितरण गर्ने तयारी गरिएको छ । त्यस्तै बिहीबार ५ नम्बर वडा कार्यालय मात्तिमबिर्ता र शुक्रबार ४ नम्बर वडा कार्यालयबाट भत्ता वितरणको समय निर्धारण गरिएको बैंकका प्रबन्धक मेदानी प्रसाद रिजालले जानकारी दिनुभयो । वडा नम्बर १ को बाँझेच्यानडाँडामा केही दिनपछि मात्र भत्ता वितरणको व्यवस्था मिलाईने उहाँले बताउनुभयो ।
साकेला गाउँपालिकाले आ.व. ०७७/०७८ को दोश्रो चौमासिकदेखि बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । हाल चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्म आईपुग्दा १ हजार ३ सय ३२ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्दै आएका छन् । उनिहरुको लागि कूल १ करोड ३२ लाख ३० हजार ८७८ रुपैंया रकम निकासा भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान