भदौ १८, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ
ग्रामीण क्षेत्रको टोल तथा बस्तीस्तरमा रहेर नागरिकको स्वास्थ्यप्रति निरन्तर खट्ने महिला स्वास्थ्य स्वयम सेविकालाई साकेला गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी नागरिकको स्वास्थ्यप्रति संवेदनशिल भई टोलस्तरमा रहेर काम गर्ने एक जना उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरेको हो ।
गाउँपालिका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न सम्मान कार्यक्रममा गत आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट कार्य गर्नुहुने वडा नं. १ बाँझेच्यानडाँकी महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका धनमाया राईलाई नगद ८ हजार २५० रुपैंयाको साथमा सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।
त्यस्तै ६० वर्ष उमेर पुरा हुनुभएको वडा नम्बर ४ मात्तिमकी स्वास्थ्य स्वयम सेविका देविमाया खड्कालाई नगद रु। २० हजार रुपैंया सहित स(सम्मान विदाई गरिएको छ । त्यस्तैवडा नं. ५ मात्तिम विर्ताकी यशोदा कोईराला ढकाल, वडा नं. २ रतन्छाकी मन्दिरा राई , वडा नं. १ बाँझेकी मनहिरा राई र वडा नं. ४ मात्तिमकी मञ्जु खड्कालाई नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको रुपमा गाउँपालिका प्रमुख राई सहित उपाध्यक्ष बिर्सिका राई लगायतले स्वागत गर्नुभएको छ ।
उक्त कार्यक्रममा सुसंस्कृत, संस्थागत र समृद्ध साकेला निर्माणमा ग्रामीण महिला स्वास्थ्य स्वयम सेविकाहरुको अहम भूमिका हुने बताउँनुहुँदै गाउँपालिका प्रमुख राईले आफू केन्द्रित नभई गाउँपालिकाको समग्र विकासमा लाग्न सके मात्र नागरिकले देखेको पालिकाको समृद्धिको सपना पुरा हुने बताउनुभयो ।
महिला स्वास्थ्य स्वयम सेविकाहरु स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको र उनीहरुले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेको बताउनुभयो । सबै नागरिकहरुको पहुँचमा डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु पुग्न सक्दैनन् तर तपाईहरु हरेक घरघर र टोलबस्तीमा पुगेर सेवा प्रवाह गरिरहनुभएको छ, अध्यक्ष राईले भन्नुभयो तपाईहरुको भूमिका उल्लेख्य रुपमा सह्रानीय छ ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले उल्लेखनीय काम गरिरहेको बताउनुहुँदै बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको योगदान रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्य प्रसाद सिग्देल, साकेला अस्पतालका डाक्टर किसन घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु तथा पाँच वटै वडा अन्तर्गतका टोल तथा बस्तीहरुमा क्रियाशिल महिला स्वास्थ्य स्वयम सेविकाहरुको उपस्थिती रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान