फागुन ०६, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाल रेडक्रस सोसाईटी खोटाङ जिल्ला शाखाले दुई दिनेयौन तथा लैङ्गिक हिंसा रोकथाम तालिम सम्पन्न गरेको छ्र । फाल्गुण ३ र ४ गते दिक्तेलमा संचालित उक्त तालिममा रेडक्रस जिल्ला शाखा तथा उपशाखाहरु र समुदायका स्वयम् सेवकहरु गरि १८ जना सहभागी रहेको थियो । समुदायस्तरमा यौन तथा लैङ्गिक हिंसा बढ्दै गइरहेको र समुदयमा सचेतनाको लागि स्वयम्सेवकहरु आवश्यक देखिएकोले स्वयंसेवकहरुलाई तालिम दिएको तालिमका संयोजक एवं समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रमका स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।
समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम खोटाङ जिल्लाको दुई ओटा पालिकाहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउपालिकामा क्यानेडियन रेडक्रसको आर्थिक सहयोगमा संचालन भइरहेको छ । दुई दिन सम्म दिक्तेल मा संचालन गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका कार्यक्रम संयोजक दिपक पोखरेल, टिकाराज पौडेल, स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठ ,स्वास्थ्य सुपरिवेक्षक रोशन्ति गुरुङले गर्नुको साथै जिल्लामा हिंसाको अवस्था र कानुनी प्रावधान वारेमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक टिकाराज बरालले सहजीकरण गर्नुभएको थियो ।
समापनकार्यक्रमको अध्यक्षता जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशीले गर्नु भएको थियो भने रेडक्रसको आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्ने र तालिमले हिंसाको जोखिम न्यूनीकरण गर्नेमा आफुलाई विश्वास रहेको बताउनु हुन्छ उहा भन्नु हुन्छ, लैङ्गिक हिंसा घरभित्र र सार्वजनिक स्थल गरी दुवै स्थानमा हुने गरेको पाइन्छ । धेरै जसो लैङ्गिक हिंसाका घटना घरमै हुने गरेका छन् । विद्यालयमा, विद्यालयबाट घर फर्कदा, गाईबस्तु चराउन जाँदा र कुनै घटना त अपहरण गरेर जङ्गलमा लगी बलात्कार गर्ने गरेको पनि सुनिन्छ । महिलाहरूले आफ्नो कार्यस्थलमा पनि हिंसा भोग्नु परेको हुन्छ । महिलाहरू आफ्ना आफन्त तथा घनिष्ठ व्यक्तिहरू खास गरी आफ्नै श्रीमान्, सासूससुरा र परिवारका अन्य सदस्य र सहकर्मीबाटै हिंसाको खतरा हुने जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशीले बताउनु भयो ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान