मंसिर ०६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाउँपालिका वडा नंः ४ डम्रे धारापानीमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय इन्द्रबहादुर भुजेलको घरमा बुधवार राती अन्दाजी ८ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले हलेसी एफएमलार्ई जानकारी दिनुभएको छ ।
भुजेलको जस्ताको छाना भएको २ तल्ले ढुङ्गा माटोको गाह्रोले बनेको घरमा अकस्मात ५ गते राती अन्दाजी ८ वजेतिर आगलागी भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी डुम्रेधारापानीबाट गएका प्रहरी टोली र स्थानीय बासिन्दाहरुको प्रयासले राती करिब १०.३० बजे आसपास आगोलाई नियन्त्रणमा लिन सकेको रावाबेसी गाउँपालिका ४ का वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले जानकारी दिनुभएको छ । अध्यक्ष पाण्डेका अनुसार विध्युत सर्ट भएर उक्त घरमा आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीबाट मानवीय र चौपाया क्षति नभए पनि भुजेलको घर भित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा तथा घरको काठपात जलेर नष्ट हुँदा रु.५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ । गत कार्तिकमा रावाबेसी गाउँपालिका–५ दुबेकोलस्थित बीरबहादुर गुरुङको दुई वटा घर जलेर नष्ट भएको थियो ।
[यो पनि--दुवेकोलमा आगलागीबाट दुईघर जलेर नष्ट ]
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान