भदौ ०४, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
केहीदिन यता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग तथा रुघाखोकी तिब्र रुपमा फैलिदै गएसँगै खोटाङ जिल्लामा पनि यसको लक्षण देखा पर्न थालेको छ । जिल्लाको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न विध्यालयहरुमा अध्ययनरतः विध्यार्थीहरुमा आँखाको संक्रमण संगै रुघाखोकी फैलिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनु भयो ।
नगर स्वास्थ्य शाखा प्रमुख आचार्यका अनुसार भदौ ४ गते नगरपालिकाले दिक्तेलको सरस्वती माध्यामिक विध्यालय र पञ्च माध्यामिक विध्यालयमा स्थलगत अनुगमन गर्दा अधिकांश विध्यार्थीहरुमा आँखा पाक्ने रोग तथा रुघाखोकी भेटिएको बताउनु भयो । संक्रमित हुनेमा पञ्च मा.बि स्कुलका कक्षा १० मा अध्यनरतः जम्मा ३४ जना विध्यार्थीहरुमध्ये ६ जना विध्यार्थीहरुलार्ई आँखा पाक्ने रोग लागेको कारण स्कुलमा उपस्थित हुन नसकेको जनाइएको छ । सोही विध्यालयका बाँकी २८ जनालार्ई स्वास्थ्य परिक्षण गर्दा अन्य १० जनालार्ई पनि आँखा पाक्ने रोग देखा परेको थाहा भएको छ ।
यस्तै दिक्तेलवजारस्थित सरस्वती माध्यामिक विध्यालयमा पनि अधिकांश विध्यार्थीहरुमा यस्तो रोग देखिएको स्वास्थ्य शाखा प्रमुख आचार्य भन्नुहुन्छ । सरस्वती मा.वि.मा अध्यनरतः १६ सय विध्यार्थीहरुमध्ये अधिकांश विध्यार्थीहरुमा आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्यधिक दुख्ने समस्या देखिएको छ । यस्तो रोग देखिन थालेपछि भदौ ५ गते देखि भदौ ८ गतेसम्म सरस्वती माध्यामिक विध्यालय बन्द गरिने सहायक प्रअ शिवहरि ढकालले हलेसी एफ एमलार्ई जानकारी दिनु भएकोछ ।
आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्यधिक दुख्ने समस्या देखिएको कारण यस अघि माउण्ट एभरेष्ट वोर्डिङ स्कुल र हिल सार्ईड बोर्डिङ स्कुलहरुले केही दिन विध्यालय बन्द गरेर पुनः पठनपाठन शुरु गरेका छन् । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले यसको रोकथामका लागि विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम गरिरहेको आचार्यले बताउनुभयो ।
आँखा पाक्ने रोग सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरुको सुझाव रहेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान