जेठ ३१, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका किसानहरु यतिखेर आज्ञात रोगका कारण आफूले पालेका खसी वाख्राहरु मर्न थालेपछि चिन्तित बन्न पुगेका छन् । केही दिनदेखि लफ्याङका किसानहरुको खसी वाख्राहरु नाकमा सिँगान आउने, श्वास प्रश्वासमा अप्ठ्यारो भै ख्यार ख्यार हुने, घाँस खोले खान नसक्ने भएर तत्काल मर्न थाले पछि चिन्तित बन्न पुगेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु शाखा प्रमुख गणेश आचार्यका अनुसार हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ५ लफ्याङमा मात्र यस्तो समस्या पाइएको थाहा भएको छ । रोग नियन्त्रणका लागि रोग निरोधक एन्टिवायटिक औषधि र भ्याक्सिनको प्रयोग भैरहेको बताउनुभयो ।
तराई वा अन्य ठाउँहरुबाट उन्नत प्रजातिका बोका या पाठोहरु ल्याउँदा निश्चित समयसम्म क्वारेन्टाइनमा राख्नु पर्ने उहाँको भनाइ छ । नगरपालिका पशुशाखा प्रमुख आचार्यको भनाइ छ–‘अन्यथा ती पाठोहरुसँग विभिन्न भाइरसहरु संक्रमण भएर आउने सम्भावना रहन्छ ।’
लफ्याङ काफ्लेगाउँमा मात्र दर्जन बढी खसी, वाख्रा र वाख्राका पाठोहरु मरिसकेको वडा नं. ५ का वडासदस्य गोविन्द बहादुर कटवाल बताउनुहुन्छ । उहाँको पनि ३ वटा खशी र एउटा वाख्रा मरिसकेको बताउनुहुन्छ । यस्तै स्थानीय बलराम कटवाल, होमराज कटुवाल, केशव कटवालका खसी, वाख्राहरु पनि अज्ञात रोगको शिकार बनेको बताईन्छ ।
मरेका खसीहरुको पोस्टमार्टम पनि गरिएको नगरपालिका पशु शाखा दिक्तेलले जनाएको छ । पशुविज्ञ डाक्टरहरुको भनाईमा इन्टर टक्सोमिया भाइरसका कारण पशु चौपायाहरुमा क्षति पुगेको हो । यसको भ्याक्सिन हाल खोटाङमा उपलव्ध छैन । यो रोगले चौपायाको आन्द्रामा असर पुराउनेहुन्छ । जसको कारणले पाचन प्रकृयामा असर पुग्ने, अत्यधिक ज्वरो आउने र मृत्यु समेत हुने गर्दछ । तत्काल यसको रोकथामका लागि भ्याक्सिन नभएको हुँदा पखालो रोक्ने मेट्रोन इन्जेक्सन, सल्फाइन्जेक्सन र एन्टिवायटिकहरु खुवाउनु राम्रो हुने भेटनरी अस्पताल पशु सेवा विज्ञकेन्द्र उदयपुरको सम्पर्क केन्द्र दिक्तेलमा कार्यरत पशुस्वास्थकर्मी नविन आचार्य बताउनुहुन्छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पशुसम्बन्धि विज्ञ डाक्टरको नेतृत्वमा आजै पशु स्वास्थयकर्मीहरुको एक टोलि लफ्याङस्थित रोग प्रभावित स्थानमा पठाइने वडाध्यक्ष दिनेशकुमार घिमिरेले बताउनुभयो । उहाँहरुले स्थलगत अध्ययन गरेर सोही बमोजिम रोग प्रतिरोधात्मक उपाय अवलम्वन गरिने वडाध्यक्ष घिमिरेले बताउनुभयो ।
भेटनरी अस्पताल पशु सेवा विज्ञकेन्द्र उदयपुरको सम्पर्क केन्द्र दिक्तेलका प्रमुख चन्द्रकिशोर यादवका अनुसार पशुहरुमा लाग्ने इन्टर टक्सोमिया रोगका विरुद्धमा लगाइने भ्याक्सिनका लागि आगामी आर्थिक वर्षमा यथोचित वजेट विनियोजन गर्न पहल कदमी भैरहेको छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान